• जन्मदिनको अवसरमा ‘एकल गजल गायन’मा गुञ्जर्दै मनोजराज

    म्यूजिक खवर
    प्रकाशित: ३० कार्तिक २०७४, बिहीबार

    कार्तिक ३०, काठमाडौं । चर्चित गायक तथा संगीतकार मनोजराज शिवाकोटीले  पहिलो एकल गजल गायनमा गुञ्जिने भएका छन् । लाइभ गजल गायनमा अब्बल मानिएका मनोजराज आफ्नो जन्मदिनको अवसर पारेर आगामी मङ्सिर ५ गते ‘महफिलमा मनोजराज’ मार्फत एकल गजल गायन गर्दै दर्शक तथा श्रोतासँग एकाकार हुने भएका हुन् । मूर्छना संगीत एकेडेमीको आयोजनामा कालिकास्थान काठमाडौं स्थित सर्वनाम थिएटरमा दिनको ३ः१५ बजे कार्यक्रम हुने तय भएको छ ।

    लाइभ गजल सुन्ने परम्पराको थालनी गर्न र गजललाई उचाईमा दिन आफु लागि परेको गायक मनोजराजले हामीलाई बताए । उनले भने–‘धेरै आधुनिक गीतहरु गाए पनि आफुलाई लाइभ गजल गाउन मन पर्ने भएकाले यो कार्यक्रमको हुन लागेको हो । भारत, पाकिस्तान जस्तै नेपालमा पनि गजल गायनलाई टिकटमा सुन्ने परम्पराको थालनी गर्नु परेको र कार्यक्रम सोचेभन्दा राम्रो हुने आयोजकको दाबी रहेको छ । टिकटको मूल्य रु। १०० र रु। ५०० राखिएको आयोजकले बताएको छ ।

    मधुवन, साहित्य परिवार र शब्द घरले कार्यक्रमको सहआयोजक रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु