• जापानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०७२, शनिबार

    काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९ अनेसास० को सम्मेलन जापानको टोकियोमा हुने भएको छ । युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसर पारेर आगामी सेप्टेम्बर १९ र २० मा हुने यो सम्मेलन अनेसासको चौथो सम्मेलन हो । सन् २००९ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको यो सम्मेलन त्यसपछि प्रत्येक २–२ बर्षमा आयोजना हुदै आएको छ । सन् २०११ मा बेलायत र सन् २०१३ मा अमेरिकाको वाशिंगटन डिसीमा सम्मेलन आयोजना गरिएको थियो ।
    यसपटकको सम्मेलनका लागि अनेसासका उपाध्यक्ष प्रकाश पौडेल माईलाको संयोजकत्वमा तयारी समिति गठन भएको छ । यसैगरि कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न अनेसासका अध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा एक उच्चस्तरीय समिति पनि गठन गरिएको छ । सो समितिमा अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्षहरू राम खत्री र प्रकाश पौडेल माईला, महासचिव गोवर्धन पूजा र अनेसास जापानका अध्यक्ष आलोक चालिसे रहेका छन् ।

    anesasa
    समितिको हालै बसेको बैठकले बिशेष सल्लाहकार र सल्लाहकार चयन गरेको छ । बिशेष सल्लाहकारमा डा कविता लामा, डा खगेन्द्रप्रसाद लुइँटेल , गङ्गाप्रसाद उप्रेती , जीवा लामिछाने, डा तारानाथ शर्मा, देवमान हिराचन, भवन भट्ट, डा श्याम कार्की, र होमनाथ सुवेदी रहेका छन् भने सल्लाहकारमा डा कुमार बस्नेत, गीता खत्री, गोबिन्दराज बिनोदी, तिलक मल्ल, डा दुबसु क्षेत्री, भारती गौतम, भूषण घिमिरे र सीता पाण्डे रहेका छन् ।
    दुई दिने सो सम्मेलनका क्रममा कार्यपत्र प्रस्तुति, कवि गोष्ठी, छलफल तथा जापान घोषणा पत्र जारी गरिने भने बिभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिने, कृति बिमोचन गरिने कार्यक्रम रहेको छर सम्मेलनमा जापानका साहित्यकारका साथै नेपाल, अमेरिका, अष्ट्रेलिया, भारत, बेल्जियम, इजराइल, बेलायत,बर्मा लगायतका मूलुकमा रहेका सर्जकहरूको सहभागिता रहने छर

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु