• जिवनका अनुभूतिहरुमा ताम्लिंग

    म्यूजिक खबर
    प्रकाशित: ३० फाल्गुन २०७२, आईतवार

    ‘सुनमाईको उकालो मोटर हरर

    बर्नेको जोर पीपल हावा सरर

    जोर पीपल मुनि चौतारी

    चौतारीमा बसेर लगाउँ पीरती’

    माथिका शब्द हुन्, गीतकार कवि ताम्लिंगका  ।  हरेक मान्छेको जीवनमा एक न एक जीवन भोगाइहरु रहेको हुन्छ । गीतकार कवि ताम्लिंगले पनि जीवनका अनुभूतिहरुलाई आफ्ना गीति सिर्जनामा पोख्ने जमर्को गरेका छन् । उनले बिहिबार राजधानी स्थित ओपल रेकर्डिङ स्टुडियोमा अहिलेकै चर्चित गायीका मेलिना राई र अघिल्लो पुस्ताका ख्याती प्राप्त गायक जितेन राइको आवाज गीत रेकर्डिङ गराएका छन् ।

    news pic
    केहि महिना अगाडी मात्र “अपेक्षा मेरो“एल्बम बजारमा ल्याएका गायक तथा संगीतकार कुमार दुमी राईको संगीत अनि निकै चर्चामा रहेका म्युजिक एरेन्जर बिष्णु अधिकारीको एरेन्जमा “सुनामाइको उकालो मोटर हरर, बर्नेको जोर पीपल हावा सरर“बोलको गीत रेकर्ड गरिएको छ । गीतकार ताम्लिंगको यो पहिलो गीत रेकर्ड हो भने अब चाडै नै गीतकार ताम्लिंग को एकल रचना गायक तथा संगीतकार दुमीको एकल संगीतमा देशका चर्चित गायक गायीकाको आवाजमा गीति एल्बम बजारमा आउँन लागेको समेत ताम्लिंग बताउछन । अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार दुमी यति बेला गायीकीमा भन्दा संगीतकारको रुपमा व्यस्त रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु