• झट्का लाग्यो दीपालाई

    म्यूजिक खबर
    प्रकाशित: ११ असार २०७३, शनिबार

    दिपा पन्त नेपाली संगीत क्षेत्रकी निकै मेहनती र संघर्षशील गायिका हुन् । झण्डै २२ बर्ष पहिले नुवाकोट थानसिङमा जन्मिएकी गायिका पन्तले गाएको दिलको बदला दिल दिएँले कुनै बेला राम्रो चर्चा पाएको थियो । त्यही गीतबाट उनको सांगीतिक छविलाई उच्च बनायो । हुन त त्यो भन्दा पहिला पनि उनले धेरै गीतहरु गाइसकेकी थिइन् भने ‘रियालिटी’ एल्बम नै बजारमा ल्याएकी थिइन् । संगीतको पारखीका रुपमा आफूलाई लिएकी गायिका पन्तले त्यसपछि कालो गाजल बोलको गीत बजारमा ल्याइन् । कालो गाजल पनि चर्चायोग्य बन्न सफल भयो । आफूलाई शिक्षण पेशा र गायनमा सँगसँगै लिएर हिंडेकी गायिका पन्त उसो त राम्रो नृत्याङ्गना पनि हुन् ।

    deepa panta
    पछिल्लो समयमा ‘झट्का’ बोलको गीत बजारमा सार्वजनिक गरेलगत्तै फेरि उनको चर्चा चुलिएको छ । झट्कामा उनको स्वरको जादूलाई संगीतकार राजकुमारले संगीत दिएका छन् भने पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् । केकी अधिकारी र केके अधिकारीको अभिनय रहेको म्यूजिक भिडियोलाई केकेले नै निर्देशन गरेका छन् । यो गीतको सफलतासँगै अब गायिका पन्तले अर्को लभ सङ बजारमा ल्याउने सोचमा छिन् । एउटा लोकप्रिय गायिका बन्ने सपना बोकेर हिंडेकी गायिका पन्तको आमाको सपना पनि यही नै छ । अब यो सपना पूरा गर्ने लक्ष्य बोकेर हिंडेकी गायिका पन्तको झट्काले संगीतबजारमा झट्का दिने पक्का छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु