• डेटिङमा गजित र सुप्रिया

    म्यूजिक खबर
    प्रकाशित: २२ बैशाख २०७१, सोमबार

    काठमाडौं, २२ बैशाख । नायक गजित विष्ट पछिल्लो समयका चल्तीका नायक हुन् यसमा द्विविधा छैन तर यिनी चल्तीको भएकै कारण होला मौकाको फाइदा उठाउँदै मोडल र नायिका घुमाउनमा पनि खप्पिस हुन थालेका छन् । भर्खरै जम्दै गरेकी मोडल सुप्रिया कटवाललाई लिएर गजित चोभारतिर डेटिङ गएको देखिएपछि चर्चा चल्यो । त्यसो त उनलाई सिभिल होम्स्तिर पनि सुप्रियासँगै घुमेको देखेपछि बजार हल्ला चर्को हुन थाल्यो । फूल जस्तो रुप तिम्रो भन्दै गजितले सुप्रियालाई भनेपछि हेर्नेको भीड नै लाग्यो बा ।
    कुरोको चुरो अर्कै परेछ । गीतकार सूर्य अधिकारीले लेखेको गीत फूल जस्तो रुप तिम्रोको म्यूजिक भिडियोको क्रममा पो गजित विष्ट र सुप्रिया कटवालको डेटिङ भएको रहेछ । वास्तवमा उनीहरु उक्त गीतको मोडल मात्र हुन् । विष्ट र कटवलासँग शिशिर राणा पनि अभिनयमा देखिएका छन् । दिपक शर्माको संगीत, कृष्णा काफ्लेको स्वर रहेको यस गीतको म्यूजिक भिडियोलाई भने समन अधिकारीले निर्देशन गरेका हुन् । यस गीतलाई चोभार, बबरमहल र सिभिल होम्स्का दृश्यहरुमा छायाँकन गरिएको छ । केही समय पहिला मात्र मेरो पावरफूल बैंशको झड्काले बोलको चलचित्र दबाबमा गीत गाएपछि एकाएक बजारमा चिनिन पुगेका गायक कृष्ण काफ्ले यतिबेला गायनमा व्यस्त भइरहेका छन् ।

    gajit ra supriya gajit ra supriya k

    gajitee

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु