• ढुंगेलले पनि राजिनामा फिर्ता लिए । केपीको सपना चक्नाचुर

    म्यूजिक खबर
    प्रकाशित: १६ बैशाख २०७१, मंगलवार

    काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजमा भएको राजिनामा प्रकरणमा अहिले मुख्य खेलाडी बनेका केपी पाठकको सपना चक्नाचुर भएको छ । समाजकै सल्लाहकार जस्तो पदमा रहेर समाजको कार्यसमिति फुटाउँदै आफूलाई हिरो बनाउने प्रयासमा रहेका केपी पाठकले गुटबन्दी गरिरहे पनि उनको पछि लागेका भनिएका निर्देशक आरबिके सदरले गत सोमबार राजिनामा फिर्ता लिएलगत्तै मंगलबार निर्देशक महेश कुमार ढुंगेलले पनि राजिनामा फिर्ता लिएका छन् । पाठकको पक्षमा भनिएका ६ जना निर्देशकहरुले संयुक्त रुपमा राजिनामा दिएर समाजलाई बिखण्डनतर्फ ल्याउने प्रयासमा रहेका निर्देशकहरुले पाठकको गतिविधि नै गलत भएको भन्दै राजिनामा फिर्ता लिन थालेका हुन् । समाजको कार्यसमितिमा भएको त्रुटीहरु सच्याउनतर्फ नलागेर उल्टो समाजलाई नै फुटको संघारमा पु¥याइएको कुरालाई गलत भएको बताउँदै ढुंगेलले निर्देशक समाजको कार्यालयमा आफ्नो राजिनामा फिर्ता लिँदै आगामी दिनमा समाजको कार्यसमितिकै निर्देशनअनुसार सम्पूर्ण काम कारवाही अगाडि बढाउने बताएका छन् । ढुंगेलको राजिनामा निर्देशक समाजले स्वीकृत गरिसकेको छ भने राजिनामा दिएका अन्य ५ निर्देशकहरुले पनि राजिनामा फिर्ता लिने कुरा चलिरहेको समाजका अध्यक्ष दिनेश डिसीले बताए । आफूलाई एमाओवादीको कार्यकर्ता बताउने केपी पाठकको गुटबन्दीले फेल खाएको छ । निर्देशकहरुको हकहितको लागि क्रियाशील रहेको निर्देशक समाजलाई फुटमा ल्याएर निर्देशककै विरुद्ध लाग्नुले पाठकको हर्कतमाथि प्रश्नचिन्ह खडा गरेको छ ।
    निर्देशक ढुंगेल र आरविके सरदले फिर्ता लिएको राजिनामा पत्रः
    mahesh

     

    rbk saradd

     

    rbk sarad

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु