• ‘तिम्रै भलो चाहान्छु’ बाट चर्चा बटुल्दै

    म्यूजिक खबर
    प्रकाशित: १३ मंसिर २०७१, शनिबार
    गोपिकृण्ण चापागाई, काठमाडौं  । मंसिर, काठमाडौं । पछिल्लो समय नेपाली बजारमा लोकगितले बजार तताईरहेको बेला अर्को एक लोकगितले पनि राम्रै चर्चा बटुल्दै छ । मायाप्रेमको प्रसंगलाई लिएर बनाइएको सुपारी म्युजिक प्रा.ली. द्धारा बजारमा आएको तिम्रै भलो एल्बममा रहेको उक्त गित यतिबेला बजारमा राम्रै सफलता बटुल्दै छ ।
     लाल सहयात्री परियार र बिरेन्द्र कठायतले निमार्ण गर्नुभएको सो गितमा राजेन्द्र कंडेल र देवि घर्तिले स्वर दिनुभएको छ । त्यसतै लय सजय परियारको रहेको छ भने शब्द भने लाल सहयात्री परियार र बिरेन्द्र कठायतकै रहेको छ । सो लोकगित लाई प्रबिन भट्टको निर्देशन र करन चंसिरको छायांकन रहेको छ । गितमा महेन्द्र गौतम र रुपा कंडेलको अभिनय रहेको छ ।
    गितमा माया गर्ने  प्रेमी प्रेमीका एक अर्काको हुन नसक्दा मेरो नभएपनि तिमी सुखि रहनु यसैमा मेरो खुसिछ जस्ता शब्दको प्रयोग गरीएको छ ।
    https://www.youtube.com/watch?v=L_u8OnIPaR8
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु