• तिलक सुनुवारको “पानि खानु मुलको”

    म्यूजिक खबर
    प्रकाशित: २४ पुष २०७४, सोमबार

    राजु बोहरा, पुष २४ काठमाडौं । ओखलढुंगा जिल्लाको खिजी देम्बा गाउ पालिका को एक जल्दा बल्दा प्रतिभावान कलाकार तिलक सुनुवारको पछिल्लो सांगीतिक कोसेली “पानि खानु मुलको” भर्खरै संकलन संगीत प्रालिले बजारमा उपलब्ध गराएको छ ।

    उनको पछिल्लो समयमा बजारमा आएको पानि खानु मुलको बोलको भाकामा सम्झना लामिछाने मगर र तिलक सुनुवार को नै सुमधुर स्वर सुन्न सकिन्छ । तिलक सुनुवार र किस्वर सुनुवारको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गितलाई लय तिलत सुनुवार र शब्द सपना सुनामको रहेको छ ।

    गीतको मिठास्ता जस्तै यस गीतको म्युजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भैसकेको छ । भिडियोमा पार्वती राई र जोहन राई को अभिनय देख्न सकिन्छ । निकै रोमान्चक सैलिमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकर, छयांकन करन चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु