• थापा र गुरुङको सहयोगार्थमा न्यूयोर्क गुन्जिँदै

    म्यूजिक खबर
    प्रकाशित: २० फाल्गुन २०७१, बुधबार

    न्यूयोर्क । गायिका तारा थापा विगत केही समयदेखि क्यान्सर रोगबाट पीडित बनिरहेकी छिन् । उनको उपचारको क्रम जारी रहेकै अवस्थामा उनको उपचारमा सहयोग पु¥याउन न्यूयोर्कमा कलाकारहरु जुटेका छन् । त्यस्तै संगीतकार सुक गुरुङ पनि मृगौला पीडित बनेका छन् । उनको मृगौलाले काम गर्न नसकेपछि उपचारमा सहयोग जुटाउन अमेरिकामा रहेका कलाकारहरु जुटेका हुन् । नेपाली अमेरिकन कलाकार संघले एक कार्यक्रमको आयोजना गरी गायिका तारा थापा र संगीतकार सुक गुरुङको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
    तारी नदेउ हे माझी दाइ, सबैले दिने उस्तै हुन्छ माया, फूल झरे पनि काँडा झर्दैन, कटरकटरमाजस्ता थुप्रै लोकप्रिय गीतमा आवाज दिई नेपाली संगीत पारखीहरुको मनमुटुमा छाउन सफल गायिका तारा थापालाई क्यान्सर भएपछि विभिन्न ठाउँबाट सहयोग जुटिरहेको अवस्थामा अमेरिकामा बसोबास गर्दै आएका कलाकारहरुले पनि सहयोगका लागि कार्यक्रम आयोजना गरेका हुन् । त्यस्तै आँखैमा झलझली, छेक्यो छेक्यो देउराली डाँडा, भाइटिकामा भेट्न आउँलालगायत दर्जनौं गीतमा संगीत दिन सफल संगीतकार सुक गुरुङको मृगौलामा सममस्या आएपछि उनको उपचारार्थ नेपाली अमेरिकन कलाकार संघले कार्यक्रमको आयोजना राखेको गायक एवं संघका उपाध्यक्ष कन्हैया सिंहले म्यूजिक खबरलाई जानकारी दिए ।
    आगामी मार्च ८ तारिखका दिन सत्यनारायण मन्दिर प्राङ्गणमा आयोजन ागर्न लागिएको यस कार्यक्रमबाट क्यान्सर पीडित गायिका थापा र मृगौला पीडित संगीतकार गुरुङको उपचारका लागि अर्थ संकलन गर्न यो कार्यक्रमको आयोजना गरिएको लोकगायक एवं संघका कोषाध्यक्ष विमल डाँगीले बताए । संघले उक्त कार्यक्रममा उपस्थित हुन न्यूयोर्कमा रहेका सम्पूर्ण कलाकारहरुलाई हार्दिक निमन्त्रणा गरेको छ । उक्त कार्यक्रममा गायिका थापा र संगीतकार गुरुङका सिर्जनाहरु नै प्रस्तुत गरिने डाँगीले बताए ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु