• थ्रीजीएसले ग¥यो एपको सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १३ माघ २०७०, सोमबार

    काठमाडौं, १३ माघ । गीत संगीतलाई नै मुख्य विषय बनाएर संचालनमा ल्याईका थ्री जीएस म्यूजिक डटकमले निःशुल्क रुपमा प्रयोग गर्न सकिने एप सार्वजनिक गरेको छ । आइतवार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक राजेशपायल राई र चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीको उपस्थितिमा थ्रीजीएस म्यूजिक डटकमले एपको सार्वजनिक गरेको हो ।
    संसारमा नेपाली संगीतलाई चिनाउने उद्देश्यले जुनसुकै मोवाईलबाटपनि डाउनलोड गरि नेपाली गीत संगीत सुन्न सकिने ३ जी म्युजिकका निर्देशक तथा भिजे सरोज केसीले बताए । यस्तै कार्यक्रममा गायक राजेश पायल राइले एपको सार्वजनिक गरेकोमा बधाई दिँदै कलाकारहरुको भिडियो अपलोड गरे बापत पारिश्रमिकको कुरालाई उठाएका थिए । यस्तै संगीतकार शुम्भुजित बास्कोटाले एप सार्वजनिक गरेर संगीतप्रेमीहरुलाई सरल र सहज बनाएकोमा बधाई दिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीले नेपाली भाÈालाई पनि प्राथमिकता दिएर समाचारहरु राखे अझ अंग्रेजी भाÈा नबुझ्ने फ्यानहरुका लागि पनि उपयुक्त हुने बताए ।

    3gs

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु