• दिलिपको एकल रचनामा सार्थक

    म्यूजिक खबर
    प्रकाशित: २० जेष्ठ २०७३, बिहीबार

    गितकार दिलिप पौडेलको एकल रचना रहेको गीति एल्बम ‘सार्थक’ बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको छ । उक्त एल्बममा संगीतकार शक्ति बल्लवको एकल संगीत रहेको छ ।
    ‘सार्थक’ एल्बममा समावेश गरिएको ५ गीतहरुमा गायक सुमित खड्का, स्वरुप राज आचार्य, रामचन्द्र काफले र गायिका मिलन अमात्यको आवाज रहेको छ । उक्त एल्बममा एउटा गीतको म्यूजिक ट्र्याक पनि राखिएको छ ।

    16060236saaa
    एल्बममा समावेश गरिएको सुमित खड्काको आवाजमा रहेको ‘रातो साडी चौबन्दीमा सजेकी’ बोलको गितको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । शंकर अधिकारी घायलको निर्देशन, ओम प्रसाईंको छायांकन र सम्पादन रहेको उक्त गीतको म्यूजिक भिडियोमा केके र सपना लामिछानेको अभिनय रहेको छ । केहि समयपछि म्युजिक हाइलाइटस्ले उक्त भिडियोलाई बजारमा ल्याउदै छ ।

    16060236sabb

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु