• देवी र दीपकको कस्तो आन्दोलन हो कुन्नी ?

    म्यूजिक खबर
    प्रकाशित: २६ फाल्गुन २०७३, बिहीबार

    फागुन २६, काठमाडौँ । देवी र दीपक यतिबेला आन्दोलनको तयारीमा छन् । यतिबेला मुलुक नै आन्दोलनमय भइरहेको बेला देवी र दिपक पनि आन्दोलनमा उत्रिन लागेको देखेर अचम्म मान्नुपर्ने चाहिँ देखिँदैन । तर गायिका देवी घर्ती र संगीतकार दीपक शर्माको मायाको आन्दोलनमा कसले हार्ने र कसले जित्ने हो भोलीको समयले देखाउला ।

    devi depak
    देखन चम्पा सुनन चम्पा, तिम्रो पिक्चर हिट, हे बरै लगायतका चर्चित गीत दिएका संगीतकार दिपक शर्माको स्वर तथा संगीत रहेको नयाँ गीत हलहलेको साग हो यतिबेला बजारमा चर्चा पाइरहेको छ ।
    गायिका देवी घर्तीले शर्मालाई स्वरमा साथ दिएको गीतले किशोरावस्थामा माया प्रेममा परेका जोडीलाई परिवारले असहयोग गर्दाका विभिन्न अवस्थालाई जस्ताको त्यस्तै गीतमा उतारेका छन् गीतकार राजेन्द्र भण्डारीले ।

    दिपक सिंहले निर्देशन गरेको भिडियोमा मोडल ममताले उत्कृष्ट अभिनय गरेकी छिन् । अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका छन् । भिडियोलाई कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु