• दोस्रो मिस नर्स प्रतियोगिता हुदै

    म्यूजिक खबर
    प्रकाशित: १९ कार्तिक २०७१, बुधबार

    काठमाडौं । मेडिकल विद्यार्थीहरुभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देस्यले मिस आगामी पुस महिनमामा मिस नर्सको दोस्रो संस्करण प्रतियोगिता हुने भएको छ । नर्सलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन मिस नर्स नेपाल २०७१ हुन लागेको हो ।  नेक्स्ट मोडल्स नेपालको प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सयभन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी हुनेछन् ।
    नेक्स्ट मोडल नेपालका कार्यकारी प्रमुख रवि धमलाले देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ४५ उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा गराएर मुख्य उपाधिसहित १२ विभिन्न विधामा पुरस्कृत गरिने जानकारी दिए ।
    उहाँले प्रतियोगिताअन्तर्गत व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चारकला विकासलगायत हुने बताउनुभयो । प्रतियोगितामा टाइटल उपाधिसहित मिस ब्युटिफुल, बेष्ट स्माइल, मोष्ट डिसिप्लिन, बेष्ट हेयर, बेष्ट स्कीन, बेष्ट पर्सनालिटी, मोष्ट चार्मिङ, मिस फोटोजेनिक, मोष्ट ट्यालेन्ट, बेष्ट ड्रेस, मिस क्याटवाक र मोष्ट पपुलर विधामा सहभागीलाई पुरस्कृत गरिने जनाइएको छ ।
    धमलाले दिनुभएको जाकारी अनुसार  विजेताले विदेशमा अध्ययनका लागि छात्रवृत्ति पनि पाउँनेछन् । प्रतियोगितामा सहभागी हुन कुनै पनि नर्सिङ कलेजमा कम्तीमा एक वर्षदेखि अध्ययनरत रहेको हुनुपर्ने, आवेदन दिने मितिसम्म २६ वर्ष उमेर ननाघेको हुनुपर्ने र उचाई कम्तीमा ५ फिट हुनुपर्नेछ । आवेदन फारम ३ मंसिरसम्म वितरण हुने र अडिसन ६ मंसिरमा हुने आयोजक नेक्स्ट मोडल्सले जनाएको छ । आवेदन फारम नेक्स्ट मोडल्स नेपालको अनामनगरस्थित कार्यालय तथा ‘नेक्स्टमोडल्सनेपाल डट कम’ मा उपलब्ध हुनेछ ।
    देशव्यापी रुपमा आयोजना गरिएको सो प्रतियोगितामा देशभरबाट करिब दुईहजार नर्सको सहभागिता हुने बताईएको छ । नेक्ष्ट मोडल नेपालका कार्यकारी प्रमुख रवि धमलाले नर्सहरुभित्र लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देस्यले नेपालमा नै पहिलोपटक मिस नर्स प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । नर्सहरुले बिरामीको सेवा गर्ने मात्र होईन उनीहरुभित्र रहेका कला, ट्यालेन्टसिप र प्रतिभालाई देखाउने हाम्रो अभियान हो ,नेष्क्ट मोडल नेपालका कार्यकारी प्रमुख रवि धमलाले भने,“उनीहरुभित्र रहेका कलात्मक विषयलाई पनि समेटेर बिरामीको सेवा बाहेक समाजमा केही योगदान गर्न सकुन भन्ने हाम्रो लक्ष्य हो ।” धमलाले मंसिर ६ गते पोखरा, धरान, विराटनगर, बुटवल, चितवन लगायतका शहरमा पहिलो अडिसन हुन लागेको जानकारी पनि दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु