• नविन के. भट्टराईको चाहना एउटै…भिडियो हेर्नुहोस्

    म्यूजिक खबर
    प्रकाशित: ४ चैत्र २०७४, आईतवार

    ४ चैत काठमाडौं । नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नबिन के. भट्टराईको ‘चाहना एउटै…’ बोलको गीत सार्बजनिक भएको छ । नविनको यो पछिल्लो गीतमा जेशिका कँडेलको शब्द रहेको छ भने संगीत नबिनकै छ ।
    यो आफ्नो पछिल्लो गीतलाई पनि आफ्ना पुराना गीतहरु जस्तै माया दर्शक तथा श्रोताले मन पराउछन् गायक नबिनले आशा गरेका छन् ।

    अस्ट्रेलियाको रमणिय स्थानहरुमा छायांकन भएको यो म्युजिक भिडियोमा मोडल तथा नायिका प्रकृति श्रेष्ठ र किशोर कँडेलको अभिनय रहेको छ । किशोर यो भिडियोको निर्देशकसमेत हुन् । अनिल कटवालले खिचेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।
    सांगीतिक यात्रामा ब्यस्त रहेकाले नयाँ गीत निकाल्न नपाएको तर आफ्नो नयाँ गीति संग्रह अब केही दिनमै निकाल्ने तयारी भइरहेको नबिनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु