• नेपालीले ल्याए मिलाप गीत

    म्यूजिक खबर
    प्रकाशित: १८ भाद्र २०७२, शुक्रबार

    काठमाडौं । गायक एवं संगीतकार रामजी नेपालीले मुलुकको सक्रमणकाललाई मध्यनजर गर्दै ‘मिलाप’ गीत सार्वजनिक गरेका छन् । अहिले मुलुकको परिस्थिति नाजुक अवस्थामा सबै नेपाली एकजुट हुनुपर्छ भन्ने सन्देशसहित नेपालीले गीत ल्याएका हुन् । अहिलेको परिस्थितिमा हिमाल, पहाड तराईका सबै बासिन्दा एक हुनुपर्ने अवस्था आइपरेको भए पनि जात जाति र धर्मका नाममा भइरहेको हिंसात्मक आन्दोलनलाई लक्षित गर्दै मिलाप गीत सार्वजनिक गरिएको गायक नेपालीले बताए ।

    milap-team
    चिन्मय जीवन स्वराज होस्, वान्धव दिल सधैं साथ होस् ।
    सतराग अनुराग होस्, मिलाप होस्, प्रेमालाप होस् ।।
    धर्ती रज उष्ण प्राणी जाति, सूर्य र चन्द्र खगोलमाथि ।
    वसुधैव कुटुम्बकार होस्, मिलाप होस्, प्रेमालाप होस् ।।
    मन्मय आँगन आलोक होस्, चेतनज्योति सधैँ बास होस् ।
    सृष्टि सार रस रास होस्, मिलाप होस्, प्रेमालाप होस् ।।
    माथि उल्लेखित शब्द साहित्यकार महेश प्रसाईंका हुन् । मिलाप गीतमा अटाएका यी शब्दमा गायक रामजी नेपालीले स्वर तथा संगीत दिएका छन् । यो मिलाप गीत यूट्वबाट अहिले सार्वजनिक गरिएको छ ।
    केशवप्रसाद चौलागाई प्रस्तोता रहेको यो मिलाप गीतलाई मिलाप मासिकका कृष्णप्रसाद भुसालले संयोजन गरेका छन् । यो गीत अंग्रेजीमा पनि अनुवाद गरिएको छ । यसलाई सिताराम अधिकारीले अंग्रेजीमा अनुवाद गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु