• न्यौपानेको मनको उजुरी

    म्यूजिक खबर
    प्रकाशित: ९ कार्तिक २०७२, सोमबार

    काठमाडौं । म्युजिक भिडियो, मोडलिङ हुँदै चलचित्रको पर्दामा देखापरेका हेटौंडाका ध्रुब न्यौपाने झण्डै तीन वर्षपछि पुनः चलचित्र कर्ममा फर्केका छन् । उनले विगतमा प्लान, द क्राइम, सन्त्रास लगायतका चलचित्रमा नायकको रुपमा काम गरिसकेका छन् भने अहिले छायाँकन भैरहेको चलचित्र मनको उजुरी मा व्यस्त रहेका छन् । उनको चाहना कलाकारीतामात्र गर्नु नभई चलचित्र निर्माणमा समेत सकृय रहने हो ।
    उनको आफ्नै कम्पनी एन्जल फिल्मस् प्रालिको ब्यानरमा चलचित्र निर्माण गर्दैछन् । चलचित्रको नाम घोषणा नगरेको भएपनि विकास चौधरीको संगीतमा गीत रेकर्डिङ भैरहेको छ ।

    dhurba

    नायक ध्रुब न्यौपानेका अनुसार माघको पहिलो साताबाट चलचित्रको युनिट फ्लोरमा निस्कने छ । चकलेटी नायकको रुपमा रजतपटमा देखा परेका नायक न्यौपाने एकाएक तीन वर्षसम्म चलचित्रकर्मबाट ओझेल परेका थिए । तीन वर्ष हराउनुको घरयासी कारण देखाए पनि अब भने निरन्तर यसै क्षेत्रमा सकृय रहने उनको भनाईछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु