• पराजुलीको रुपकी रानी सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १ असार २०७३, बुधबार

    गायक सुबास पराजुलीको पहिलो गीति एल्बम ‘सुभाष’मा रहेको ‘रुपकी रानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पराजुलीको सार्वजनिक भएको उक्त गीतमा उनलाई इन्दिरा जोशीले गायनमा साथ दिएकी छिन् ।

    16061507mkl copy

    यस गीतको म्यूजिक भिडियोमा अहिलेका चर्चित नायक पल शाह र सुबास पराजुलीकै छोरी मोनालिशा पराजुलीको अभिनय रहेको छ । यस गीतको भिडियो निर्देशन भने अहिलेका व्यस्त निर्देशक सशांक कंडेलले गरेका हुन् । साथै गीतलाई अर्जुन तिवारीले छायांङकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । उक्त गीतमा प्रकाश तुलुङको शब्द रहेको छ भने इन्द्र आर. पी.को संगीत रहेको छ । छोटो समयमा चर्चा कमाउन सफल यस गीतले सबैको मन जितिरहेको छ ।

    16061508pal

    भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु