• पल्लवी स्कच जस्तै छः रमण घिमिरे

    म्यूजिक खबर
    प्रकाशित: १२ माघ २०७२, मंगलवार

    गीतकार एवं पत्रकार रमण घिमिरेले गीतकार नृपध्वज खड्काको गीतिसंग्रह पल्लवी स्कच ह्विस्कीजस्तै भएको बताएका छन् । मैले तीन चोटी सुनेँ, पुरै गीत सुन्दै जाँदा मलाई स्कचजस्तै विस्तारै लाग्दै गयो अब म चौथो पटक सुन्दिनँ किनभने त्यसलाई मलाई छोड्दैन प्रमुख अतिथिसमेत रहेका गीतकार घिमिरेले कार्यक्रममा भने । उनले एल्बम पल्लवीमाथि समीक्षा गर्दै नृपध्वज खड्काको गीतका केही हरफहरु आफूले किन लेख्न सकिनछु जस्तो लागिरहेको बताएका छन् । उत्कृष्टताको मापन गर्नै नसक्ने गरी गीत लेखन भएको बताएका थिए । घिमिरेले शास्त्रीय संगीतमा नयाँ धार समातेर संगीतकार सन्तोष श्रेष्ठले माधुर्यता प्रदान गरेको बताए । आफूले सन्तोषजीले यस्तो संगीत गर्नुहुन्छ भनेर सोचेकै थिइनँ, गीतकार घिमिरेले भने – ‘लोकआधुनिकमा उहाँको जति चर्चा थियो त्यसको मापन अब शास्त्रीय संगीतले गर्ने भएको छ ।’

    गीतकार नृपध्वज खड्काको एकल रचना र संगीतका सन्तोष श्रेष्ठको एकल संगीत रहेको गीतिसंग्रह ‘पल्लवी’ लाई राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । एल्बमलाई प्रमुख अतिथि गीतकार रमण घिमिरे र विशेष अतिथि प्रदीपकुमार उपाधयक्षको हातबाट सार्वजनिक गरिएको थियो ।

    santosh-raman
    गीतिसंग्रह सार्वजनिक पछि गीतकार नृपध्वज खड्काले आफूले सोचेभन्दा राम्रो संगीत र गायन बनेको प्रतिक्रिया दिएका थिए । जीवनका हरेक क्षणमा भोगेका भोगाइलाई मात्र सबैले गीत लेख्दै आए तर जीवनको प्रत्येक चरणमा भए गरेका घटनाक्रमलाई भने कसैले प्रस्तुत गर्न नसकेको बताउँदै आफूले त्यो परिकल्पना गरेको गीतकार खड्काले बताए । परदेशमा रहेको एउटा परदेशी बेलुका घर सम्झेर कस्तो अवस्थामा हुन्छ वा मानिस जीउनुको अर्थलाई कसरी सम्हाल्ने भन्ने कुरा पनि गीतमार्फत् प्रस्तुत गर्न खोजेको गीतकार खड्काले कार्यक्रममा बताए ।

    pallvi-santosh-raman
    त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले अहिलेसम्मकै संगीतमा आफू अब्बल रहेर नयाँ प्रयोग गरेको बताए । उनले लोकआधुनिक भन्दा फरक शैलीमा शास्त्रीयलाई अँगाल्नु जोखिमपूर्ण बाटो अपनाएको जस्तो महसुस भएको बताउँदै गीतकार खड्कासँगको सहकार्यका अनुभूतिहरु प्रस्तुत गरेका थिए । पल्लवी एल्बम शास्त्रीय संगीतको पुनरागमन भएको बताउँदै संगीतकार श्रेष्ठले भने – ‘सबैले मेरो संगीतलाई मन पराइदिनुहुनेछ भन्ने आशा गरेको छु ।’

    nripdhwoj khadka

    एल्बममा बरै ढल्यो चौतारीको, कोपिलामा सुन, विर्सनाको पानाभित्र, बलवान हुँ भन्थें, पहराको साइनो, धन कमाइ ल्याउँछु, यो खुला आकाश जस्ता गीतहरु समावेश गरिएका छन् । उक्त गीतमा अन्जु पन्त, सञ्जीवनी, विश्व नेपाली, मनोजराज, रिमा गुरुङ होडा, शिव परियार, रिता केसी जस्ता गायक गायिकाको स्वर रहेको छ । मनोहर सुनाम, विष्णु अधिकारी, उदय पौडेल, सुदिप सागर, चाँद सिंहको संगीत संयोजन रहेको छ ।

    santosh_shrestha

    पल्लवीभित्र रहेको कोपिलामा सुन बोलको गीतको म्यूजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो । जसमा सनम कठायत र वर्षा शिवाकोटीको अभिनय रहेको छ भने विधान कार्कीले म्यूजिक भिडियोको निर्देशन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु