• पशुपति र रमेशराज अब क्रिकेट खेल्ने । धुर्मुश टिम क्याप्टेन

    म्यूजिक खबर
    प्रकाशित: ४ बैशाख २०७१, बिहीबार

    काठमाडौं, ४ बैशाख । गायनमा आफूलाई दक्ष बनाउँदै आएका गायकद्वय पशुपति शर्मा र रमेशराज भट्टराई अब क्रिकेट खेल्ने भएका छन् । गीत गाएर मात्र बाँच्न नसकेपछि उनीहरु क्रिकेटतिर लागेका हुन् । क्रिकेट खेलाडीलाई मानसम्मान दिएको देखेर उनीहरुलाई नगर परिक्रमा गराएको देखेर उनीहरु अब क्रिकेट खेल्ने भएका हुन् । उनीहरुको क्रिकेट टीमको क्याप्टेन भने धुर्मुश हुने भएका छन् ।
    पछिल्लो समयमा समयानुकुल गीत बजारमा ल्याएर आफूलाई चर्चाको शिखरमा राख्न सफल गायक पशुपति शर्माको लय शब्दमा क्रिकेट खेलाडीको गीत तयार पारिएको छ । जसमा गायक पशुपति शर्मा र रमेशराज भट्टराईको स्वर रहेको छ । गायकद्वय शर्मा र भट्टराई कलाकारहरुका बीचमा एकदमै नजिकका जोडी मानिन्छन् । त्यही जोडीलाई प्रस्तुत गर्ने क्रममा उनीहरुले समयानुकल क्रिकेट खेललाई लिएर गीत बजारमा ल्याउन लागेका हुन् । पुरुष पुरुषबीचको दोहोरीलाई यहाँ प्रस्तुत गरिएको छ ः
    मोडल खेलेँ मोडलमा फिट भइनँ
    दोहोरी मात्रै गाएर हिट भइनँ
    अब त म पनि क्रिकेट खेल्न जान्छु
    नाम पनि हुने दाम पनि हुने
    च्याप्प लौरो समात्छु चौका छक्का हान्छु

    ……………………

    गायक भयौ सुरुवाल र दौराले
    ब्याटस्ले हान हुँदैन लौराले
    लौन भगवान के के देख्न पाइयो
    व्यर्थैको रंङ्ग छैन केही ढङ्ग
    बोकाले दाइँ हुने भए गोरु किन चाहियो

    गायकद्वयको दोहोरीमा एकले आफूले गाइरहेको गायन पेशालाई नकार्दै अब क्रिकेट खेल्ने सोच बनाएका छन् भने अर्कोले आफ्नै पेशा ठीक हो ट्रयाक चेन्ज गर्न हुन्न भन्ने सन्देशसहित दोहोरीलाई प्रस्तुत गरेका छन् ।

    pasupati-ramesh-sitaram
    कलाकार त परेनी थला
    न त सम्मान न कोहीको हौसला
    अब त म पनि क्रिकेट खेल्न जान्छु
    नाम पनि हुने दाम पनि हुने
    च्याप्प लौरो समात्छु चौका छक्का हान्छु

    ……………………
    त्यसै यत्रो सम्मान कहाँ पाइन्छ
    ठूलो त्याग र तपस्या चाहिन्छ
    लौन भगवान के के देख्न पाइयो
    व्यर्थैको रंङ्ग छैन केही ढङ्ग
    बोकाले दाइँ हुने भए गोरु किन चाहियो

    विनोद बाजुरालीको एरेन्जमा मालश्री स्टुडियोमा रेकर्ड भएको यो क्रिकेट गीतलाई भने पछिल्लो समयका चर्चित कलाकार सिताराम कट्टेल ‘धुर्मुश’ले निर्देशन गर्ने भएका छन् । आगामी ७ गते भिडियो छायाँकन गर्न लागिएको छ । जसमा गायकद्वय शर्मा र भट्टराईले अभिनय गर्ने भएका छन् ।

    गायक रमेशकोराज भट्टराईको यतिबेला बबाल भो गीत चर्चाको शिखरमा रहेको छ भने पशुपति शर्माको मलाई अमेरिका पनि यही बोलको गीतले चर्चा बटुलिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु