• प्रकाशको घरदेशदेखि परदेशसम्मको पिडा पोखिएको दशैं गीत चर्चामा

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०७४, शनिबार

    असोज ७, काठमाडौं । नेपाली लोक सांगीतिक आकासमा एउटा चम्किलो तारा बनेर चम्किरहेको नाम हो प्रकास सपुत । सुमधुर आवाज र सृजनाको मध्यमबाट सबैको मनमा बस्न सफल उनै गायक तथा सरजक प्रकास सपुत आउदै गरेको दशैँ तिहारको अवसर पारेर परदेशीको बेदनाले भरिएको नया गीत मार्फत तपाई हामी समक्ष उपस्थित भएका छन् ।

    चरर..बरर..धरर..बोलको मिठो गीतबाट दशैँ तिहारको सुभकामना सहित प्रस्तुत भएका हुन् । प्रकास सपुत सम्झना लामिछाने मगरको सुमधुर आवाज रहेको यो गीतमा प्रकाश सपुतको मन छुने लय र शब्द रहेको छ ।

    म्युजिक भिडियोमा पनि गीतको भाव भित्र रहेर परदेशी र घरदेशीको कारुणिक दृश्य समेटिएको छ । दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेको म्युजिक भिडियोमा प्रकाश सपुत ,सम्झना लामिछाने मगर र लक्ष्मी तिमल्सिनाको अभिनय रहेको छ ।

    भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु