• प्रतिक्षामार्फत् सांगीतिक क्षेत्रमा डेब्यू

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७३, बिहीबार

    चैत १७, काठमाडौं । प्रतिभाशाली नवगायिका प्रतिक्षा गुरुङ्ग पहिलो संग्रह ‘प्रतिक्षा’ मार्फत सांगीतिक क्षेत्रमा उदाएकी छिनु । गोरखामा जन्मिएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको यो पहिलो कोशेली एल्बम ‘प्रतिक्षा’ हो । गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको हातबाट प्रतिक्षाको प्रतिक्षालाई सार्वजनिक गरिएको हो । समारोहमा गुरुङ्ग कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ्ग, बरिष्ठ गीतकार तथा गजलकार डा. कृष्णहरि बराल, वरिष्ठ गायिका कुन्ति मोक्तान, चर्चित गायिका रिमा गुरुङ्ग होडा, संगीतकार गैरे सुरेश, गीतकार दिप घतानी,को उपस्थितीमा प्रतिक्षाको विमोचन भएको थियो ।

    pratishya 1
    जुन एल्बममा ६ वटा गीत समावेश गरिएको छ । जसमा शब्द डा.कृष्ण हरि बरालको र दीप घतानीको साथै संगीत गैरे सुरेशकोे रहेको छ । यस एल्बम रहेका सबै गीतको संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् । यो एल्बमको गीतहरु ए वन म्यूजिसियन स्टूडियो, अकेस्टिक स्टूडियोमा रेकडिङ्ग गरेको हो जसमा रेकडिङ्ग साजन शाह र दिप घतानीले गरेका हुन् साथै मिक्सिङ्ग भने किशोर थापा र प्रकाश मिश्रको रहेको छ ।

    bimochan 2
    यस एल्बमबाट दुई वटा म्यूजिक भिडियो तयार गरेको छ । जसलाई कमल राईले निर्देशन गरेका छन् र मेकअप रितु रानाले गरेकी छिन् । संचारकर्मी बिनोद पोखरेलले उद्घोषण गरेको यस विमोचन समारोहलाई सेलिब्रेटी म्यानेजमेन्ट नेपालले व्यवस्थापन गरेको थियो भने यस एल्बमको सम्पूर्ण प्रचार प्रसारको जिम्मेवारी म्यूजिक जोय मिडियाले लिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु