• प्रमोदको कन्ट्रोल भएन (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २ बैशाख २०७१, मंगलवार

    काठमाडौं, २ बैशाख । आजभोलिका युवाहरु छोटा लुगा लगाएका केटीहरु देखेपछि मन थाम्नै सक्दैनन्, उनीहरुको न मन कन्ट्रोल हुन्छ न जवानी । युवा अवस्थाकै गायक प्रमोद खरेलको पनि कन्ट्रोल हुनै छाडेछ । राम्री अनि छोटा लुगा लगाएकी केटी देखेर उनको पनि मन कन्ट्रोल हुन छाडेको हो ।
    कुरो उनको नयाँ गीत कन्ट्रोल हुँदैनकै हो । राजेन्द्र थापाको शब्दमा आशिष अबिरलको संगीतमा रहेको मनै कन्ट्रोलै हुँदैन गायक खरेलको प्रणय–२ को हंगामा एल्बमको गीत हो । उनको गीतको म्यूजिक भिडियो पनि तयार पारिएको छ । पछिल्लो समयका चर्चित हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुश)ले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा हाँस्य कलाकारको अभिनयलाई पनि समावेश गरिएको छ । उनको एक दिन अगाडि अपलोड गरिएको उक्त भिडियो अहिले करिब ६ हजारको हाराहारीमा दर्शकहरुले हेरिसकेका छन् ।

    pramod kharel

    [youtube]http://www.youtube.com/watch?v=qHp8SFZVjIg[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु