• प्रस्तोता समाजमा हेमन्त निर्विरोध

    म्यूजिक खबर
    प्रकाशित: २६ पुष २०७१, शनिबार

    काठमाडौं । प्रस्तोता समाजको पाँचौ साधरणसभाबाट हेमन्त शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आज भएको साधारणसभाबाट गायक रामकृष्ण ढकालको अध्यक्षतामा भएको कार्यसमिति भंग गर्दै शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जसमा हेमन्त शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् भने बाद्यवादनबाट ईश्वरी प्रसाद भुसाल र नृत्यबाट पार्वती राई पनि निर्विरोध निर्वाचित भएका छन् ।
    त्यस्तै तुलसी पराजुली, शिव हमाल, भानुभक्त ढकाल, राई नवीन, नरहरि प्रेमी, भिषण मुकारुङ, नवीन पौडेल, अनिता श्रेष्ठ मतदानबाट चयन भएका छन् । भोलि बस्ने कार्यसमितिबाट अन्य कार्यसमितिको बाँडफाँड गरिने निर्वाचित सदस्य ईश्वरीप्रसाद भुसालले म्यूजिकखबरलाई जानकारी दिए । म्यूजिक खबर डटकम प्रस्तोता समाजको नयाँ कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु