• बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य स्थिति जटिल बन्दै

    म्यूजिक खबर
    प्रकाशित: २४ जेष्ठ २०७३, सोमबार

    काठमाडौं । केहि महिना पहिले भारतको मेदान्त अस्पतालमा उपचार गरेर स्वदेश फर्किएका बरिष्ठ संगीतकारको स्वास्थ्य स्थिति यतिबेला फेरि नाजुक रहेको चिकित्सकहरुले बताएका छन् । भारतमा विशेष उपचार गरेर स्वास्थ्य लाभ गरिरहेका गुरुङलाई अचानक फोक्सोमा समस्या देखापरेपछि सोमबार राजधानीको सम्भवतः सबैभन्दा सुविधा र सेवायुक्त ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

    गुरुङ यतिबेला उपचाररत भएता पनि उनको स्वास्थय स्थिति नाजुक एवं स्थिर रहेको ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताएका छन् । डाइरेक्टर पाण्डेका अनुसार गुरुङलाई अक्सिजन दिएर भेन्टिलेटरमा उपचार भइरहेको छ ।ambar gurungफाइल तस्बिर

    सोमबार दिउँसो गुरुङको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै डा. पाण्डेले भने, ‘उहाँको स्थिति नाजुक छ । हामीले जतिसक्दो उपचार गरिरहेका छौं ।’ उनका अनुसार रक्तचाप सन्तुलनमा राख्न गर्न औषधी दिइएको छ । रक्तस्रावका कारण फोक्सोमा रगत गएकाले श्वास प्रस्वासमा जटिल समस्या आएको भन्दै उनले भने, ‘कति मिनेट वा घन्टामा के हुन्छ भन्ने स्थिति छैन ।’

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु