• बहार सदाबहार बनोस्ः भण्डारी

    म्यूजिक खबर
    प्रकाशित: १० कार्तिक २०७३, बुधबार

    गायिका मिरा कार्कीको बहार सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा संगीतकार टीका भण्डारीले बहार एल्बम सदाबहार बन्नुपर्ने बताए । गायिका मिराको एल्बमको समीक्षा गर्दै भण्डारीले स्वर राम्रो रहेको हुँदा निरन्तरता दिनसक्दा पक्कै पनि सदाबहार बन्ने बाटो खुल्ने बताए । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता एवं वरिष्ठ संगीतकार प्रकाश गुरुङको सभापतित्वमा गायक किरण प्रधान, संगीतकार एवं गायक टीका भण्डारी, गायक जगतमर्दन थापा, पाकिस्तानी राजदूतलगायतका अतिथिहरुको हातबाट बहारलाई सार्वजनिक गरिएको हो ।

    bahar-album
    कार्यक्रमलाई स्वागत गर्दै गीतकार एवं बहार एल्बमका निर्माता विष्णु कार्कीले गीतसंगीतको क्षेत्रमा भएको यो सुरुवातले निरन्तर रुपमा मिरालाई सांगीतिक क्षेत्रमा क्रियाशील गराउने बताएका थिए । एल्बमको समीक्षा गर्दै गायक संगीतकार टीका भण्डारीले अब गायिका मिराको स्वर अनुसार निरन्तर गायनमै लागेदेखि सदाबहार बन्न सक्ने खुशी भएको बताए । त्यसैगरी गायक किरण प्रधानले गायिका मिरालाई गायिका बनाउने विष्णु कार्कीले गरेको मेहनतको प्रशंसा गरेका थिए । त्यस्तै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मिराको प्रगति दिनप्रतिदिन चुलियोस् भन्दै शुभकामना दिए । त्यस्तै कार्यक्रमका सभापति एवं गायिका मिरा कार्कीको गुरुसमेत रहेका संगीतकार प्रकाश गुरुङले आफूलाई नै थाहा नभई उनले एल्बम बजारमा ल्याएको देख्दा उनको मेहनत देखेर खुशी लागेको बताए ।

    006
    म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त विमोचन कार्यक्रमको सुरुवातमा सिर्जना ज्ञानसागर स्कुलका विद्यार्थीहरुले एल्बममा समावेश रहेको हिंड्छु म बोलको राष्ट्रिय भावको गीतमा नृत्य गरेका थिए । कार्यक्रममा शिर शिर बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रम नरेश भट्टराईले संचालन गरेका थिए ।

    007

    एल्बमभित्र पाँचवटा गीत समावेश गरिएको छ । जसमा शिरशिर, कसम तिम्रै, तिमी आयौ, हिंड्छु म, सानो एउटा कुराले जस्ता गीत समावेश गरिएका छन् । विष्णु कार्की, सुमन श्रापित र गायिका मिरा कार्कीको शब्द रहेको यस एल्बमको सबै गीतको संगीत र एरेन्ज भने बीबी अनुरागीको रहेको छ । एल्बमलाई ओपल अडियो भिडियोले बजार प्रबद्र्धन गरेको छ ।

    bahar-karki

    तस्वीरः दिनेश थापा र नवीन गुरुङ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु