• बाढीपीडितका लागि जुटे संगीतकर्मी

    म्यूजिक खबर
    प्रकाशित: २५ श्रावण २०७१, आईतवार

    काठमाडौं, २६ साउन । सुनकोशीमा गएको बाढीमा परेर पीडित बनेका जनताहरुका लागि नेपाल संगीतकर्मी संघले सहयोग जुटाउन अभियान सुरु गरेको छ । समाजसेवा नै पहिलो धर्म हो भन्ने उद्देश्यले बाढी पीडितको सहयोगका लागि राहत संकलन गर्दै नयाँ वर्षपार्क क्षेत्रमा संगीतकर्मीहरुको भेला भएको थियो । जसमा गायक रेशम थापा, नवराज घोरासैनी, राजेन्द्रकुमार कार्की, विरही कार्की, प्रकाश कटवालका साथमा नायिका सुष्मा कार्की पनि उपस्थित रहेकी थिइन् । संगीतकर्मी संघले नयाँ वसपार्क क्षेत्रमा गरेको राहत संकलनमा ६७ हजार नगद र जिन्सी लगभग दुई लाख ६० हजार संकलन भइसकेको कुरा संघका अध्यक्ष रेशम थापाले जानकारी दिएका छन् । यो अभियान जारी रहेको र भदौको पहिलो साता पीडितहरुबीच लगेर यो राहतलाई बितरण गर्ने पनि अध्यक्ष थापाले बताए ।

    sangeetkarmi

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु