• बाबुको सबैलाई ‘रेस्पेक्ट’

    म्यूजिक खबर
    प्रकाशित: ३० बैशाख २०७३, बिहीबार

    गायनबाट करिअर बनाएर अभिनयमा जमेका गायक बाबु बोगटी यतिबेला फेरि गायनको निरन्तरतामा लागेका छन् । उनले सबैलाई रेस्पेक्ट गर्ने सोचमा एल्बमको नाम नै ‘रेस्पेक्ट’ लिएर आएका छन् । राजधानीमा आयोजित कार्यक्रमको आयोजना गरी सदाबहार नायिका करिश्मा मानन्धर, गायक, संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको आतिथ्यतामा एल्बमको सार्वजनिक गरेका छन् ।

    respect-babu
    एल्बममा ‘धेरै पछि’, ‘साली ओ साली’, ‘बज्दैन मुर्चुङ्गा’, ‘म त हिड्नुपर्ने’, ‘सपनीमा’, ‘मनै त हो’, ‘यो साँझ’, ‘के भयो’ र ‘हेर फूल्न थाले’ बोलका गीत छन् । बाबुको सोलो संगीत र गायन रहेको एल्बममा सुसन खड्का, बासुदेव मुनाल, लोकेश बोगटी, टंक विकल्प, खेम रिजाल, नविन सुवेदी, बाबु र राजेश घतानीको शब्द छ ।

    Babu-Bogati-11

    कार्यक्रममा एल्बमका ‘धेरै पछि’ र ‘साली ओ साली’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । बाबुले यसअघि २०५७ सालमा ‘पुल्चोक पाटन’, २०६० सालमा ‘रिक्वेष्ट’, २०६३ सालमा ‘रिजल्ट’ र २०७० मा ‘प्रायश्चित’ एल्बम श्रोतालाई दिईसकेका छन् । बाबुले गाएका ‘फेरि त्यो दिन’, ‘सान्नानी’, ‘जमुना’लगायतका गीत हिट गीतमा पर्दछन् । सोही कार्यक्रममा वरिष्ठ गायिका तारा थापालाई ११ हजार १ सय ११ रुपैंयाँ नगदसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु