• बेहुलीको गाडीले ठक्कर दिँदा ब्वाइफ्रेन्डको मृत्यु

    म्यूजिक खबर
    प्रकाशित: १० चैत्र २०७१, मंगलवार

    काठमाडौं । बेहुला बेहुली चढेको गाडीले ठक्कर दिँदा अनामनगरको धोबिखोला छेउमा बेहुलीको पूर्व ब्याइफ्रेन्डको मृत्यु भएको छ । बेहुलीको ब्याइफ्रेन्ड विदेशको गएको अवसरमा उनका परिवारले विहे गरिदिएका थिए । विहेकै दिन आइपुगेका बेहुलीको ब्याइफ्रेन्डको बेहुला बेहुली चढेको गाडीले नै ठक्कर दिँदा केटाको घटनास्थलमै मृत्यु भएको थियो । केटाको मृत्युपछि भएको बेहुलीको रुवाबासीले उनी पूर्व ब्वाइफ्रेन्ड भएको रहस्य खुलेको हो ।
    वास्तविकता कुरोको चुरो भने रियल मृत्यु होइन यो त म्यूजिक भिडियोमा देखिएको दृश्य मात्र हो । एक केटीलाई दुई केटाले मन पराउँदाको अवस्थामा आइपरेको घटनाक्रमलाई म्यूजिक भिडियोमा उतारिएको हो । गीतकार जानकी पन्थको बोलन केही आजको दिन त बोलको गीतको म्यूजिक भिडियोमा समेटिएका केही दृश्यहरु हुन् माथिको घटनाक्रम । अडियो रिलिज भएको दुई वर्षपछि गरिएको म्यूजिक भिडियोलाई रोजल थापाले निर्देशन गरेका छन् । वीरेन्द्र भट्टको छायाँकन रहेको यस म्यूजिक भिडियोमा नारायण ढकाल, दिपेश कार्की, जानकी पन्थको अभिनय रहेको छ । आगमन पौडेल, सभ्यता रोका, प्रज्ज्वल सुवेदी बालकलाकारका रपमा रहेका छन् । काठमाडौंको बोगटी स्टुडियो, अनामनगर, त्रिभुवन पार्क र कोटेश्वर वरिपरिका दृश्यमा छायाँकन गरिएको यस म्यूजिक भिडियोलाई कम्पन म्युजिकले निर्माण गरेको हो । यस गीतको शब्द संगीत जानकी पन्थकै रहेको छ भने स्वर सत्यराज आचार्यको रहेको छ ।

    566_0001_01.MP4.Still003 566_0001_01.MP4.Still002 566_0001_01.MP4.Still027 566_0001_01.MP4.Still026 566_0001_01.MP4.Still025 566_0001_01.MP4.Still018 566_0001_01.MP4.Still014 566_0001_01.MP4.Still013 566_0001_01.MP4.Still007 566_0001_01.MP4.Still005

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु