• भुलमा सिउँदो भर्नेहरु…

    म्यूजिक खबर
    प्रकाशित: २१ मंसिर २०७२, सोमबार

    कला क्षेत्रमा लाग्नेहरु धेरै छन् तर सबैका सबै सपना पूरा भएका छैन । आफ्नो सपना बाँड्दा बाँड्दै भूलमा सिउँदो भर्नेहरु पनि धेरै छन् । पहिला मायाप्रेमबिना केही होइन भन्नेहरु सिउँदो भरेपछि भने भूल भएको ठान्छन् । तिनै गीतकार, गायिका, संगीतकार जे हुन् सबैको भूलभित्र रहेको एउटा गीत भर्खरै मात्र रेकर्ड गरिएको छ ।
    जति छाल आए पनि नछोइने किनार भयो
    आड लागि एउटै फरक सपना देख्ने सिरान भयो
    दुखेको म हुँदै होईन, खुशी पनि हुने छैन
    आधा मुस्कान हाँसेकै छु
    आधा विश्वास गरिएछ, भुलमा सिउँदो भरिएछ
    आधा जीवन बाँचेकै छु

    kabya acharya

    गीतकार राधिका अधिकारीको शब्दरचना, सन्तोष श्रेष्ठको संगीत एवं गायिका काव्य आचार्यको स्वर रहेको गीत जति छाल आए पनि अडियो नेपालमा रकेर्ड भएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै गायनमा व्यस्त हुँदै गएकी गायिका काव्य आचार्य दोश्रो एल्बमको तयारीमा जुटेकी छिन् भने कलेक्सन एल्बमहरुमा पनि स्वर दिन व्यस्त छिन् । बुद्ध सायमीको एरेन्ज रहेको उक्त गीतलाई गोल्डेन क्रियशनबाट छिट्टै नै सर्वाजनिक गरिने बताइएको छ ।

    santosh kabya

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु