• मनको राजा खोज्दै गायिका सिर्जना (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७३, आईतवार

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रतिभावान गायिकाको पंक्तिमा उभिन सफल भएकि गायिका सिर्जना कार्की यतिबेला ‘मनको राजा’ खोज्दै हिंडेकी छिन् । गायिका कार्कीले वास्तविक जीवनमा मनको राजा खोजेकी नभई गायन मार्फत मनको राजा खोजेकी हुन् ।

    कार्कीले आधुनिक गीत ‘मनको राजा’ गीतमा बिहे गर्ने उमेर भएका युवतीको मनमा उठने प्रश्नहरुलाई सार्वजनिक गरिएको छ । नीता ढुंगाना, आर्जु र अर्पणको अभिनय रहेको भिडियोमा गायिका कार्कीलाई पनि देख्न पाइन्छ ।

    srijana_karki

    कृष्ण केसीको शब्द, हरि लम्सालको संगीत र राजन इशानको एरेञ्ज रहेको गीत निकै कर्णप्रिय बनेको छ । दीपेन्द्र केसीले निर्देशन गरेको भिडियोमा रामकुमत केसीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

    गायिका कार्कीले यस अघि न्हयु बज्राचार्यको संगीत र दुर्गालाल श्रेष्ठको शब्दमा “लहराको सुसेली” अडियो सार्वजनिक गरिसकेकी छन् ।उनको ‘माया लिनेको बद्नामी भो’ तथा ‘मैले त तिमीलाई दिलमा सजाँए’ गीतहरु रिलिज हुने क्रममा रहेका छन्।

    भिडियो हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु