• मलेसियामा परदेशी धमाका – ३ हुँदै

    म्यूजिक खबर
    प्रकाशित: ७ असार २०७४, बुधबार

    असार ३, २०७४/पासाङ तामाङ


    मलेसिया । मुस्लिम धर्मावलम्बीहरुको महान चाड हरिरायाको बिशेष अवसर पारी मञ्जरी थिएटर ग्रुपले मलेसियाको राजधानी क्वालालम्पुर कोताराय सहरमा परदेशी धमाका– ३ को आयोजना गरेको छ । आउँदो जुन २५ तारिखमा हुन लागेको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु एवं स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक पक्षले जानकारी दिएका छन् ।

    pardesi dhamaka
    उक्त कार्यक्रममा दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनको निम्ति नेपालको ख्याति प्राप्त चर्चित गायिका मुना थापा मगर, हट नायिका माला लिम्बू, गायक उत्तमजङ लिम्बू, निर्देशक तथा चर्चित साहित्यकार प्रकाश आङदेम्वे, हास्यकलाकार यादव देवकोटा (सरापे) रहने छन् । त्यसैगरी प्रवासमा रहेर पनि नेपाली गीतसंगीतमा उदाएका स्थानिय गायक मनिपाल राई , रमेस बानियाँ, फुर्बा दोर्जे मोक्तान तामाङ, गौरब नारायण राई, अमर राई, रबिन गुरुङ, मौसम तामाङ, विशाल बेघा, कमल गुरुङ, सुरेश तामाङ, शङकर पिसि आदिको प्रस्तुति रहनेछ । साथमा मोडल, गायिका र डान्सर गीता राईको बेजोड प्रस्तुति रहने छ । प्रवासी भुमिका ख्यातिप्राप्त प्रतिभालाई उच्च स्थान दिँदै सो कार्यक्रम पनि विभिन्न बिधाका कलकारहरूलाई एउटा राम्रो उदाहरण हुनेछ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मञ्जरी ग्रुपका संस्थापक संयोजक सुन्दर लावतीले बताए ।

    mala limbu
    प्रवासमा रहेका अन्तर निहित कला प्रतिभा भएर पनि ओझेलमा परेका कलाकारलाई नेपाली संगीतिक मुल धारसम्म ल्याउनका लागि कार्यक्रम आयोजना गरिएको मञ्जरी थिएटर ग्रपका अध्यक्ष अमिर माबोले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु