• माघ २६ मा कान्तिपुर रेडियोको म्यूजिक अवार्ड (उत्कृष्ट पाँचसहित)

    म्यूजिक खबर
    प्रकाशित: ६ माघ २०७४, शनिबार

    ६ माघ, काठमाडौं । रेडियो कान्तिपुरले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर आगामी माघ २६ गते राजधानीमा रेडियो कान्तिपुर एमआइ मोबाइल नेशनल म्यूजिक अवार्ड गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै रेडियोले अवार्डको बारेमा जानकारी गराएको हो ।


    संगीतका विभिन्न १७ विधा र उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गर्नुका साथै नेपाली संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति, समूह वा संस्थालाई वर्षेनी प्रदान गर्दै आएको लाइफटाइम अचिभमेन्ट अवार्डबाट यो वर्ष पनि कुनै एकलाई प्रदान गरिने बताइएको छ । त्यस्तै संगीतको क्षेत्रमा विशिष्ट योगदान दिएका संगीतसाधकलाई पनि लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने बताइएको छ ।
    रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसी र एमआई मोबाइलका तर्फबाट नितेश के. मुद्राले अवार्डका बारेमा प्रष्ट पारेका थिए । अवार्डमा नवगायक, नवगायिका, रचनाकार, संगीत निर्देशक, लोकदोहोरी गायक गायिका, पाश्र्व गायक गायिका, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पप गायक गायिका, सांगीतिक समूह तथा आधुनिक गायक र गायिका जस्ता विधालाई समावेश गरिएको छ । पत्रकार सम्मलेनमार्फत उत्कृष्ट पाँचको मनोनयनसमेत सार्वजनिक गरिएको छ ।


    त्यसैगरी पिपुल्स च्वाइस अवार्डको चयन स्रोताको सहभागितामा हुने बताइएको छ । यस विधालाई भने योण्डर पिपुल्स् च्वाइस अवार्ड रहने बताइएको छ । अवार्डको उत्कृष्ट पाँचको मनोनय सार्वजनिक गर्नका लागि गीतकार दिनेश अधिकारी, संगीतकार सुरेश अधिकारी र गायिका कुन्ती मोक्तानको निर्णायक मण्डल रहेको कार्यक्रममा स्टेशन म्यानेजर डिसीले जानकारी दिए ।

    उत्कृष्ट पाँचको मनोनयन यसप्रकार रहेको छ

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु