• माण्डवीलाई नारायणगोपाल युवा संगीत, जीसी र प्रधानलाई अरनिको

    म्यूजिक खबर
    प्रकाशित: २७ माघ २०७१, मंगलवार

    काठमाडौं । नेपाली पाश्र्व गायनमा चर्चाको शिखरमा रहेकी गायिका माण्डवी त्रिपाठीलाई मंगलबार एक कार्यक्रमका माझमा नारायणगोपाल युवा संगीत पुरस्कारबाट सम्मान गरिएको छ । त्यस्तै मोफसलमा रहेर पनि चित्रकलामा योगदान पु¥याउँदै आएका गणेश जिसी र नेपाली चित्रकला देशविदेशमा विस्तार गर्दै आएका रोशन प्रधानलाई अरनिको युवा कला पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान प्रदान गरिएको हो ।
    त्रिपाठीलाई नेपाली गीतसंगीतको क्षेत्रमा करिब डेढ दशकसम्म निरन्तर योगदान पु¥याएको भन्दै ४० हजार नगद राशिसहित सम्मान गरिएको हो भने प्रधान र जिसीलाई भने नगद ५० हजारको पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो । कार्यक्रममा गायिका त्रिपाठीले आफ्ना अनुभव बाँड्दै गीत गाएर सुनाएकी थिइन् भने प्रधान र जिसीले आफ्ना अनुभवहरु बाँडेका थिए । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गायक प्रमेध्वज प्रधान, राष्ट्रिय युवा सेवा कोषका पदाधिकारीहरु लगायत साहित्य संगीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    IMG_3516 IMG_3521 IMG_3507 IMG_3535 IMG_3542 musickabar bipin musickhabar mandabi mandabi IMG_3503

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु