• ‘मापसे’मा अर्जुन

    म्यूजिक खबर
    प्रकाशित: १९ असार २०७१, बिहीबार

    काठमाडौं, १९ असार । यतिखेर गायक अर्जुन कौशल मापसेमा परेका छन् । उनी मादक पदार्थ सेवन गरेर मापसेमा भने परेका होइनन् पछिल्लो गीतिसंग्रह मापसे भित्र आफूलाई समावेश गराएका हुन् । लोकपप गीतको गायनमा उत्कृष्ट देखिने गायक अर्जुन कौशल चेतनामूलक गीति एल्बम ‘मापसे’ लिएर यतिखेर बजारमा देखिएका छन् । गत हप्ता राजधानीका एक कार्यक्रमबीच उपत्यका ट्राफिक महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले मापसेको विमोचन गरे । एल्बम सार्वजनिक गरेपछि डिआइजी अधिकारीले भने, ‘गायक कौशलको गीतले मापसे नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’
    कार्यक्रममा ‘मापसेको चेकिङ छ, थोरै पिए देखिन्छ’ गीतको म्युजिक भिडियोसमेत देखाइएको थियो । भिडियोमा अभिनेता दीलिप रायमाझी र सुष्मा अधिकारीले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै डिआईजी अधिकारीले मापसे नियन्त्रण अभियान सुरु गरेपछि दुर्घटना कम हुँदै गएको बताए । उनले भने, ‘जब ट्राफिक प्रहरीले मापसे नियन्त्रण अभियान सुरु ग¥यो, तब देशभर नै दुर्घटना घटेको छ ।’ अधिकारीले हालसम्म १ लाख ५० हाराहारी मापसे बारबाहीमा परिसकेको पनि बताए ।
    रेम्बो म्युजिक मुभीले श्रोतामाझ ल्याएको ‘मापसे’ गीतमा गायक अर्जुन कौशलकै शब्द तथा संगीत रहेको छ । एल्बम विमोचनका अवसरमा बरिष्ठ लोकगायक नारायण रायमाझी, हास्य कलाकार किरण केसी, शिवहरी पौडेललगायतका कलाकारलाई सम्मान गरिएको थियो ।
    mapase-audio-album-releasing

     

    mapase

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु