• मायाको भोको छिन् लक्ष्मी

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०७२, बुधबार

    लक्ष्मी मल्ल यतिखेर गायिकाको भीडमा नयाँ आवाज लिएर आइरहेकी छिन् । केही समय पहिला सेल्फी सेल्फी भनेर स्टेजमा जमेकी गायिका लक्ष्मी यतिखेर भने मायाको भोको भएको बताउँदै आएकी छिन् । हुन त गायनमा लागेका धेरैलाई मायाको अभाव होला, उनीहरु मायाको भोको होलान् तीमध्येकी यी गायिका पनि मायाको भोको छु, अभावमा जिन्दगी बाँचेको छु भनेर यतिखेर चर्चा बटुल्दैखिछन् ।

    chhutti chhoto xa
    लोकदोहोरीको क्षेत्रमा गायिकाहरुको नयाँ नयाँ आवाज आइरहेको बेला यी प्रस्तुत भएकी हुन् । सेल्फी सेल्फी बोलको गीत गाएर यो वर्ष चर्चा बटुल्न सफल भएकी लक्ष्मीले यतिखेर भने ‘नाका लगायौ’ बोलको गीत गाएकी छिन् । रामकृष्ण बममल्ल र लक्ष्मी मल्लको स्वरमा रहेको यस गीतमा श्रीकृष्ण बममल्लको शब्द र संगीत रहेको छ । मायाको सीमानामा नाका लगायौं, म त मायाको भोको छु तिमी अघायौ बोलको गीत सामाजिक संचालन, रेडियो, टेलिभिजन र यूट्यूब च्यानलमा चर्चा बटुल्न सफल भइरहेको छ । शंकर बिसीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा दुर्गेश थापा, शंकर बिसी, अनु शाह, करिश्माको अभिनय रहेको छ । आरएस डिजिटलको प्रस्तुतिमा बजारमा आएको यो गीतले लक्ष्मी र रामकृष्णलाई सांगीतिक उचाइ प्रदान गर्ने देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु