• ‘माया मैले तिमीलाई’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार

    माया मैले तिमीलाई दिएजति कहीँ छैन

    हाम्रोजस्तो पिरती संसारमा कहीँ छैन

    नवोदित गीतकार टिएन रेग्मीको ‘माया मैले तिमीलाई’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रबिन्द्र बरालले निर्देशन गरेको उक्त गीतमा विश्व नेपालीको स्वर र प्रकाश नेपालीको संगीत रहेको छ । संयोगवश गाडीमा लिफ्ट दिने व्यक्तिसँग प्रियसी लहसिएको विषयलाई दृश्यमा उतारिएको यो भिडियोमा सुनिल कटुवाल, दिनेश केसी र सम्झना केसीले शसक्त अभिनय गरेका छन् । काठमाडौं उपत्यका आसपासका रमणीय स्थलका मनोरम दृश्यहरु यसमा समेटिएको छ ।

    छिट्टै एकल गिति एल्बम सार्वजनिक गर्ने तयारीमा रहेको रेग्मीले बताएका छन् । दृश्यनिर्माण भिजन नेपाल फिल्मस्ले गरेको हो । उक्त गीतको बजार व्यवस्थापन विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको हो ।

    भिडियो लिङ्क

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु