• मिकाले मच्चाउने भए काठमाडौंमा धूम

    म्यूजिक खबर
    प्रकाशित: २३ पुष २०७०, मंगलवार

    काठमाडौं, २३ पुस । ‘तु मेरे अगल बगल हे,’ ‘पुङगी बजाके’, ‘तु मेरा हिरो’, ‘लङ ड्राइभ पे चल’ जस्ता चर्चित गीत गाएका मिका सिंहले नेपालमा कन्सर्ट गर्ने भएका छन् । फागुन १७ गते काठमाण्डौको टुडिखेलमा आयोजना गरिन लागिएको कार्यक्रममा उनका चर्चित गीतहरु प्रस्तुत गरिने भएको छ । बलिउड सिनेमाका पाश्र्व गायकका रुपमा थुप्रै गीतहरुले भारतीय एवं नेपाली मन पनि जितेका गायक मिका सिंहले नेपालमा कन्सर्ट गर्न लागेका हुन् ।
    काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी मिक सिंहको कन्सर्टबारे जानकारी गराइएको थियो भने पत्रकार सम्मेलनमा मिका सिंहले नेपालीलाई सम्बोधन गरेको दृश्य समेत प्रस्तुत गरिएको थियो । मुनलाइट रेकर्डस र ओडीसीले संयुक्त रुपमा यो कन्सर्ट गर्न लागेका हुन् । कार्यक्रममा ३० हजार नेपाली दर्शकले मिकाको गीत सुन्ने अपेÔा गरिएको छ । फ्रेबुअरी २८ मा नेपाल आएर भारतीय सिनेमाका चर्चित पाश्र्व गायक मार्च २ मा फर्कनेछन् । उनले नेपाल बसाइको क्रममा पर्वतीय उडानको पनि अनुभव लिने आयोजकले जनाएको छ । मिकाले आफ्ना १८ सदस्यीय सांगीतिक टोलीका साथमा ३ घन्टा काठमाडांैमा धूम मच्चाउने भएका छन् । कार्यक्रमबाट उठेको रकम कुनै सामाजिक संस्थालाई प्रदान गर्ने आयोजकको भनाई छ ।

    mika-sing-concert
     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु