मिलनको मायामा केकी अधिकारी

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७३, सोमबार

Keki Ahikari

फागुन ३०, काठमाडौं । पूर्व मोरङ्का गायक मिलन श्रेष्ठको पप तथा आधुनिक शैलीका गीत गाएर स्रोतामाझ स्थापित भएका छन् । यतिबेला उनले पूर्वेली भाकाको गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

‘मायाको चिनो…’ गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युवमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा गायक श्रेष्ठ तथा अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।Keki-Adhikari

पूर्वेली भाकामा आधारित यो गीतलाई अहिलेको लोकप्रिय संगीतकार राजनराज शिवाकोटीले संगीतबद्ध गरेका छन् । गीतमा संगीतकार शिवाकोटीकै शब्द सुन्न सकिन्छ । सहस शाक्य यो गीतका संगीत संयोजक हुन् । यो गीत गायक श्रेष्ठको पछिल्लो एल्बम ‘मिलन गीता–२’ मा समावेश गरिएको छ ।

विशाल भण्डारीद्वारा निर्देशित यो भिडियोमा अभिनेत्री केकी अधिकारीले गाउँले सुन्दर युवतीको रुपमा प्रस्तुत भएकी छिन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

यस्तो छ भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु