• मिस्ड कलको अडियो सार्वजनिक (अडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १६ असार २०७४, शुक्रबार

    चर्चामा रहेको उपन्यास “मिस्ड कल”को अडियो सार्वजनिक भएको छ यो उपन्यास कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को चौधौं कृति हो । जुन मिस्ड कल उपन्यासको अडियो Youtube मार्फत  सार्वजनिक भएको हो । सुरेन्द्र महर्जन”अमर” को चर्चित उपन्यास “मिस्ड कल” धेरै भन्दा धेरै कम समयमा एक हजारप्रति बजारबाट बिक्रीवितरण भएको ब्रदर्श बुक पब्लिकेसन्सले जानकारी पनि दिएको छ ।

    missed-call-Surendra Maharjan

    के. के अधिकारीले अडियो वाचन (उद्धोशन) गरेको उक्त अडियोमा सुरेन्द्र महर्जन”अमर” कै रचनामा रहेको बहुचर्चित गीत मेलिना राईको स्वर रहेको सुपर हिट “म भन्दा नि” र निता थापा मगरको स्वर रहेको मन छुने हिट गीत “तड्पिएर बाँच्ने म पीडा दिने तिमी” को सुमधुर संगीत रहेको छ । “म भन्दा नि” र “तड्पिएर बाँच्ने म” दुबै गीतलाई उत्कृष्ट संगीत दिने संगीतकार राज कुमारको संगीत “मिस्ड कल” उपन्यासको अडियोमा समावेश गरी उपन्यास सुन्ने सबैलाई संगीतको पनि अलग्गै आनन्दको अनुभुती  दिएको छ । सार्वजनिक उपन्यास एम सिरिजको युटुबमा सार्वजनिक भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु