• म त हजुर नेपाली गोर्खालीको छोरी…. (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २१ पुष २०७१, सोमबार

    काठमाडौं । गायिका कृष्णा गुरुङ यतिबेला नेपालीको छोरी हुँ भन्दै हिंडेकी छिन् । यसभन्दा पहिला यिनलाई माया लाउँदैमा ठिक्क भयो अब समयले कोल्टे फेर्न थालेछ की क्या हो ? म त हजुर नेपाली गोर्खालीको छोरी भन्दै हिंड्न थालेकी छन् । पहिले चाहिँ यी गायिका विदेशी रहिछन् की के हो कुन्न ?
    मनमा बुद्ध हो नि रेशम शिरमा सगरमाथा
    रगतभरि नि रेशम पूर्खाको वीरगाथा
    चाहे भन कालो, चाहे भन गोरो
    म त हजुर नेपाली गोर्खालीको छोरो

    सीता हाम्री नि रेशम भृकुटी हाम्री
    कुन नेपाली नि रेशम चेली छन् नराम्री
    चाहे भन काली, चोहे भन गोरी
    मत हजुर नेपाली गोर्खालीको छोरी
    रमेश बिजीको शब्द संकलनमा रामजी खाँडको लय रहेको म त हजुर नेपालीमा रामजी खाँड र कृष्णा गुरुङको स्वर रहेको छ । पछिल्लो समयका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको म त हजुरको म्यूजिक भिडियोले यतिखेर डिजिटल प्रविधिमा राम्रो स्थान ओगट्न सफल भएको छ । देशका लागि शिर दिन तयार हुन्छु भन्ने नेपालीको स्वाभिमानदेखि नेपाललाई चिनाउने विभिन्न विभूति र प्रकृतिको बयान गरिएको यस गीतमा रामजी खाँड र कृष्णा गुरुङ स्वयम् अभिनयमा उत्रिएका छन् । आशिष म्यूजिकको प्रस्तुतिमा बजारमा आएको यो गीतको म्यूजिक भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु