• यसरी मनाए गायक ढकालले जन्मदिन – फोटो फिचर

    म्यूजिक खबर
    प्रकाशित: १७ बैशाख २०७५, सोमबार

    १७ बैशाख, काठमाडौं । वर्ष दिन भो, आँपैंको अचार, पिरतीको डोरी, आइदेउ फर्केर लगायतका दर्जनौं चर्चित गीतका गायक राजु ढकालले आफ्नो जन्मदिन साथीभाइहरुको जमघटमा यसरी मनाए । बैशाख १६ गते परेको उनको जन्मदिनमा मनदेखि मनसम्म मिलेका साथीसंगीतलाई बोलाएर सँगै केक काटेर जन्मदिन मनाएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्यसमेत रहेका ढकालले जन्मदिन मनाइरहँदा उनकी जीवनसंगीनी गायिका देवी घर्ती भने कार्यक्रमको व्यस्तताले उपत्यका बाहिर रहेकी थिइन् । विभिन्न सांगीतिक माहौलसँग गायक ढकालको जन्मदिनमा चर्चित खेलाडीहरुको पनि उपस्थिति रहेको थियो । उपस्थित व्यक्तित्वहरुले गजल, कविता, गायनलगायतका प्रस्तुति दिएका थिए ।

    जन्मदिनको फोटो कथा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु