• यस्तो छ ‘कान्छी’को पहिलो गीत, हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १७ कार्तिक २०७४, शुक्रबार

    १६ कार्तिक, काठमाडौं । दयाहाङ राई र श्वेता खड्का  चलचित्र ‘कान्छी’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चलचित्रको पहिलो गीत ‘चरी चट्ट परि…’ सार्वजनिक गरिएको हो ।

     

    राजराजन सिवाकोटीको शब्द, सङ्गीत तथा स्वर रहेको गीतको भिडियोमा दयाहाङ र श्वेताले नृत्य गरेका छन् । स्वरमा राजनराजलाई अञ्जु पन्तले साथ दिएकी छन् ।


    चलचित्रमा तेस्रोलिंगी भूमिका श्रेष्ठले पनि अभिनय गरेकी छन् । भिडियोको कोरियाग्राफी वसन्त श्रेष्ठले गरेका छन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कान्छी’ माघ २६ गते अल नेपाल प्रदर्शन हुँदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु