रमेशराजकी ‘नथियावाली’ रिस्ता बनेपछि चर्चामा ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७४, बुधबार

चैत्र २१, काठमाडौं । बेहुला बनाउछु भन्थी बहुलाहा बनार गई गीतको अपार सफलता पछि चर्चित गायक रमेशराज भट्टराईको नथियावाली भिडियो सहित सार्बजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा अत्यन्त व्यस्त बनेका रमेशराजलाई यो गीतले थप व्यस्त बनाउने निश्चित देखिएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा रमेशराजको उत्कृष्ट आवाज रहेको छ भने शव्द संगीत समेत गायक स्वयमकै रहेको छ ।

केशब बडुको म्युजिक एरेन्जमा तयार भएको गितलाई आर.अडियोले बजारमा ल्याएको छ ।गीतको म्युजिक भिडियो निर्देशन चर्चित निर्देशक शंकर वि.सीले गरेका छन भने छायाकन सुदिप बरालको रेहको छ । भिडियो मा जेम्स र रिस्ताको अभिनय छ भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु