• रविले राई झुमाको बिहे गराउँदै (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १ असार २०७३, बुधबार

    यतिबेला गायक, संगीतकार अनि गीतकार रहेका रवि मल्ल एउटा नयाँ गीतका कारण चर्चामा आएका छन् । आफ्नै संगीतमा तयार भएको ‘राई झुमाको बिहे भयो…’ गीतको अडियोबाटै प्रसंसा पाएका गायक मल्ल यो गीतको म्युजिक भिडियो सार्वजनिक भएपछि थप चर्चा पाउने पक्का छ । सुदुर पश्चिमाञ्चल क्षेत्रमा लोकप्रिय रहेको ठेट लोकभालाई पप शैलीमा ढालेर गाएको गीत कम समयमै लोकप्रिय भएपछि उनी चर्चामा आएका हुन् ।

    Rai Jhuma ko Bihe_Rabi Malla
    नायिका वर्षा शिवाकोटी तथा मोडल स्वर्णीम थापाद्वारा अभियन गरिएको म्युजिक भिडियोको निर्देशन विभोर पोखरेलले गरेका हुन् । मनमोहक लोकशनमा छायांकन गरिएको यो लोक–पप शैलीको गीतको म्युजिक भिडियोमा गायक रवि मल्लले पनि अभिनय गरेका छन् । गायक मल्लको एकल एल्बम ‘यही जिन्दगी’ मा यो गीत समावेश गरिएको छ । यो गीतका रचनाकार नरेन्द्र आभाष धामी हुन् । रोशन श्रेष्ठले यो गीतको छायांकन गरेका हुन् जसमा टेकेन्द्र शाहको सम्पादन छ । यो गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।
    विगत आठ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार रवि मल्लले अनुराग संगीत विद्यालयमा संगीतकारद्वय राम सिटौला तथा अर्जुन पोखरेलसंग गायन तथा संगीतको औपचारिक प्रशिक्षण लिएका छन् । त्यसो त संगीतकर्मी चण्डीप्रसाद काफ्लेसंग पनि उनले संगीतको प्रशिक्षण लिइसकेका छन् । पछिल्लो तीन वर्षदेखि गायक तथा संगीतकारको रुपमा सक्रिय रहेका मल्ल यतिबेला विभिन्न विद्यालयहरुमा संगीत प्रशिक्षकको रुपमा समेत कार्यरत छन् । मल्लले संगीतबद्ध गरेका तीन दर्जनभन्दा बढि गीतहरु विभिन्न गायक–गायिकाको स्वर रेकर्ड भैसकेको छ । आफूले संगीतबद्ध गरेका अधिकांश गीतहरु मल्ल आफैं रचना समेत गर्छन् । गायक श्याम कार्कीको पछिल्लो लोकप्रिय गीत ‘तिम्रो मायाले बाँधेर राख…’ का गीतकार पनि मल्ल नै हुन् । गायक तथा संगीतकार रवि मल्ल, तनहुँमा जन्मिएर विगत एक दशकभन्दा लामो समयदेखि काठमाडौंमै रहदै आएका छन् ।

    भिडियो

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु