• रहिनन् गायिका मञ्जु महत

    म्यूजिक खबर
    प्रकाशित: १५ चैत्र २०७०, शनिबार

    काठमाडौं, १५ चैत । नेपाली लोक दोहोरी क्षेत्रले एक स्टार गुमाएको छ । चर्चित लोक गायिका मञ्जु महत यस दुनियाँमा रहिनन् । बिहीबार दुर्घटनामा गम्भीर घाइते भएपछि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएकी मञ्जुको उपचारकै क्रममा शनिबार दिउँसो ३ बजे निधन भएको अस्पतालले घोषणा गरेको हो । मञ्जुको निधनले लोक कलाकार स्तब्ध भएका छन् भने राष्ट्रले झुजारु तथा एक कुसल कलाकार गुमाएको छ ।
    गीत रेकर्डिङका लागि ठमेलबाट जमल जाँदै गर्दा उनलाई दुईटा माइक्रोले ठक्कर दिएको थियो । सो ठक्करबाट उनको वायाँ खुट्टा र फोक्सो गम्भीर असर परेको थियो । बिहीबार नै खुट्टा काटिएको र कोमामा राखेर उनको उपचार हुँदैथियो ।
    ‘लोक लोदोरीकी क्विन’ को उपमा समेत पाएकी २८ वर्षीया मञ्जु पछिल्लो समय सबैभन्दा व्यस्त स्टेज गायिकाका रुपमा चिनिन्थिइन् । केही साताअघि मात्र मलेसियामा कार्यक्रम गरेर फर्केकी मञ्जुको यो महिनाभर कार्यक्रमको ‘सेड्यल प्याक’ थियो । कास्की पोखराकी मञ्जुले इटहरीमा बिहे गरेकी हुन् । उनका ६ वर्षीया एक छोरी र डेढ वर्षका छोरा छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु