• रहेनन् चर्चित बाँसुरी बादक तथा लोकगायक रामबहादुर जिम्बा

    म्यूजिक खबर
    प्रकाशित: २९ जेष्ठ २०७४, सोमबार

    जेठ २९, काठमाडौं । नेपाली लोक सङ्गीतका चर्चित बाँसुरी बादक तथा लोक गायक रामबहादुर जिम्बा को निधन भएको छ । उनी लोक गीतमा मादल, डम्फु, ढोलक, लगायत पश्चिमी बाद्ययन्त्र एकर्डियन बजाउने बाद्यबादकका रुपमा थिए।

    रामबहादुर जिम्बाले रेडियो नेपालमा ४० भन्दा बढी लोक गीत, र केहि उनको संगीतमा अरु गायक गायिकाले आधुनिक गीत समेत गाएका छन् । रामबहादुरले रेडियो नेपालमा रेकर्ड गरेका गीत मध्ये ‘चुरिमाई कसम खाएर मैले’, ‘गाई भैंसीलाई बाँधेको किला माया लाउन मिल्लाकी नमिल्ला’ आदि चर्चित छन् । उनले केहि लोकगीतहरु समेत सङ्कलन गरेका छन् ।

    ram-jimba

    कलाकार जिम्बा रेडियो नेपालका अधिकृत तहका कर्मचारी हुन् । उनको जागिरे जीवन बिस २०४० साल देखि रेडियो नेपालमा टेक बेसीस, ज्यालादारी, मासिक पारिश्रमिक, करार हुँदै २०४९ सालदेखि स्थाई बनेका थिए । उनि मायालु होटल जमलमा सांस्कृतिक कार्यक्रममा ४५ साल तिर बाँसुरी बादक कै रुपमा काम गरेका थिए भने सोल्टी होटल लगायतका फाइभ स्टार होटलमा समेत उनले सांस्कृतिक टोलीमा बाँसुरी बादन गरेका थिए ।

    उनि माया कुमारी थिङ् र टिका जिम्बाका सन्तान हुन् । बाद्यबादक, लोक गायक तथा सङ्कलक रामबहादुर जिम्बा प्रति म्यूजिक खबर परिवार हार्दिक श्रद्दान्जली अर्पण गर्दछ, ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु