• राधिका, सन्तोष र सविरको जून तारा

    म्यूजिक खबर
    प्रकाशित: ७ कार्तिक २०७३, आईतवार

    काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा युवा पुस्ताको निक्कै झुकाव देखिन्छ । यहि झुकावका कारण दिन प्रतिदिन यो क्षेत्रमा युवा पुस्ताको बाकलो उपस्थिती देख्न सकिन्छ । यहि क्रममा राम्रो सम्भावना सहित गायन क्षेत्रमा आएका छन् गायक सबिर ऐर । उनले गाएको ‘मेरो जून सँगै’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    sanam-kathayat
    सञ्चारकर्मी राधिका अधिकारीको शब्द रहेको उक्त गीतमा युवा पुस्ताका चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । जनक सिंहले निर्देशन गरेको उक्त गीतको भिडियोमा देखिएका छन् पछिल्लो समयका चर्चित मोडल सनम कठायत ।


    सनमलाई जोडीका रुपमा साथ दिएकी छिन् मोडल कुसुम राईले । उत्सव दाहालले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । परुधन ऐरको प्रस्तुतिमा निर्माण भएको उक्त गीतलाई एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु