• राष्ट्रिय लोक सञ्चारकर्मीमा हरिवल्लभ

    म्यूजिक खबर
    प्रकाशित: ९ असार २०७१, सोमबार

    काठमाडौं, ८ असार । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा हरिवल्लभ नेपालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नेपाली लोक संस्कृतीको संरक्षण सम्र्बदन र प्रचार प्रसार गरौं शान्ति, प्रेस स्वतन्त्रता मानव अधिकार र पत्रकार हकहित सुनिश्चित गरौ भन्ने मूल नाराका साथ २०६५ सालमा स्थापित लोकसंचारकर्मी नेपालको छैटौ वार्षिक साधारणसभा तथा तेश्रो राष्ट्रिय महाधिवेशनले हरिवल्लभ नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

    मेरो एफ एममा कार्यरत पत्रकार हरिवल्लभ नेपालको नेतृत्वमा १५ सदस्यीय कार्यसमितिमा सचिवमा भने हरि दुलाल निर्वाचिन भएका छन् । लोक सञ्चारकर्मी नेपालमा सचिव र अध्यक्ष पदका लागि मात्र मतदान भएको थियो भने अन्य सम्पूर्ण पदधिकारीहरु सर्वसम्मतबाट निर्वाचित भएका थिए । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रेडियो नेपालमा कार्यरत राम अविरल, उपाध्यक्षमा सिटिजन एफएमका चन्द्रमणी गौतम, सहसचिवमा बिएफबिएस गोर्खा रेडियोका रामनाथ घिमिरे, कोषाध्यक्षमा सागर गुरुङ तथा सहकोषक्षमा मैत्री एफएमका रमेश बस्नेत सर्बसम्मत रुपमा निर्वाचित भएका हुन् । नव निर्वाचित केन्द्रीय सदस्यहरुमा अर्जुुन घिमिरे (हिट्स एफ एम), सुर्दशन आर्चाय (रेडियो रियाज), अनुषा पौडेल (इमेज च्यानल), मधु शाही (कान्तिपुर दैनिक), महेन्द्र घतानी (क्लासिक एफएम), शम्भु कुँबर (रेडियो राजधानी), राजु मियाँ (इसिआर एफ एम), शरण हुमागाईं (काभ्रे प्रवाह साप्ताहिक) रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वतमान अध्यक्ष गोविन्द गिरीले सपथ खुवाउँदै सफल कार्यकालको शुभकामना तथा बधाई दिएका थिए ।
    त्यसैगरी अन्र्तराष्ट्रिय संगीत दिवसको अवसरमा नेपालको संविधानमा नेपाली मौलिक संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको छ । सो कार्यक्रममा संविधान सभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले लोक संस्कृतिको संरक्षणको विषय आगामी संविधानमा समेट्न सक्दो पहल गर्ने प्रतिबद्धता दिएकी थिइन् । त्यस्तै संस्कृतिविद् सत्यमोहन जोशी, तुलसी दिवस, जयनन्द लामा, बुलु मुकारुङ लगायतले संविधानमा लोक संस्कृतिका कुरा अटाउन आग्रह गरेका थिए ।

    lok-sancharkarmi-hari-dulal
    सोही अवसरमा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीलाई नगदसहित सम्मान गरिएको थियो । सो अवसरमा एक लाख ५० हजार ५ सय १ रुपैयाँको संचारकर्मी तथा संस्कृतिकर्मी कल्याणकोष स्थापना गरिएको थियो । सो कोषलाई बढाएर १० लाख पु¥याउने लक्ष्य राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले लिएको छ । सो रकमको ब्याजबाट हुने आम्दानी लोककला साहित्य र संस्कृतिको क्षेत्रमा क्रियाशील मानिस तथा संस्थाको हितमा खर्च गर्ने योजना राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लिएको छ ।

    10484908_650128955079265_1163434011_n

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु