• लोक दोहोरी प्रतिष्ठानमा यसकारण विनोद बाजुराली

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०७३, शुक्रबार

    राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, नेपालको आगामी निर्वाचनमा केही जिताउनै पर्ने कलाकारहरुले उम्मेदवारी घोषणा गरेका छन् । यीनैमध्येमा पर्छन् विनोद बाजुराली ।
    लोक संगीतमा धेरैले रोज्ने संगीत संयोजकमा पर्छन् उनी । उत्कृष्ट म्युजिक एरेञ्जरको अवार्ड समेत हासिल गरिसकेका उनले ५ हजार भन्दा बढी गीतमा संगीत संयोजन गरिसकेका छन् । यति मात्रै होइन, संगीत संयोजनमा उनले गरेको प्रयोग धेरैले रुचाएका छन् । लोक तथा दोहोरी गीतको संगीत संयोजन अहिले करिब–करिब उनकै धारमा आइपुगेको छ । उनकै शैलीलाई पछ्याएर एरेञ्ज गर्ने धेरै छन् ।
    बिगत केही वर्षदेखि बजारमा सबैभन्दा चर्चित गीतको संगीत संयोजक खोज्दै जाँदा विनोद बाजुरालीको नाम भेटि पक्कापक्की जस्तै छ ।

    बहुप्रतिभाका धनी बाजुराली संगीत संयोजकका रुपमा देखिएपनि गायन, शब्द रचना र संगीतमा पनि उत्तिकै रुचाइएका छन् । यति मात्रै होइन, उनी परिचित माझ बौद्धिक कलाकारका रुपमा चिनिन्छन् ।
    मिलनसार र ठट्यौलो स्वभावका उनमा सबैलाई संगठित गर्ने र बलियो तर्क गर्न सक्ने क्षमता छ । यसकारण पनि छोटो समयमै उनी लोक गीत संगीतका कलाकारमाझ प्रिय बनेका हुन् ।

    vote-for-bonod-copy
    विसं २०५९ सालमा देउडा गीत संग्रह ‘आँशुको नासो’ बजारमा ल्याएर गीत संगीतको फाँटमा देखिएका थिए । त्यसपछि पोखरा आएर दोहोरी साँझमा केही समय काम गरे । त्यसैले उनी दोहोरी साँझलाई आफ्नो धरातल भन्न रुचाउँछन् र यहाँ काम गर्ने कलाकारप्रति छुट्टै आत्मीयता भएको बताउँछन् ।
    त्यसपछि उनी रेकर्डिङ स्टुडियोमा रेकर्डिस्टका रुपमा देखिए । यही क्रममा एरेञ्ज थाले । एकपछि अर्काे गर्दै एरेञ्ज रुचाउन थालेपछि यतैतिर व्यस्त भए । उनले ‘बिर्सियौकि कुन्नी’ भन्ने गीतबाट एरेञ्जमा ठूलो फड्को मारेका हुन् ।

    एरेञ्जमा व्यस्त भएपछि पनि आफ्नो गीत लेखन र गायन कला मर्न दिएनन् । त्यसपछि ‘भीरको घाँस काट्न सक्छ्यौ र’, ‘कुखुरी खोरैमा कराउने’ लगायतका गीत उनले गाए । देउडा गीत रेकर्ड गराएर संगीत क्षेत्रमा आएका उनले संस्कृति भुलेका छैनन् । अघिल्लो वर्ष मात्रै विष्णु माझी र उनले स्वर भरेको ‘हुन्यावाली जीवनसाथी’ देउडा गीत सुपर हिट भयो ।

    binod-bajurali
    न्युन आय भएको परिवारमा जन्मेका उनी संघर्षले यो ठाउँसम्म आइपुगेका हुन् । त्यसैले नयाँ र प्रतिभावान कलाकारलाई सक्दो सहयोग गरिरहेका हुन्छन् । आफ्नो विगत जस्तै न्युन आय भएको तर लोक संगीतमा केही गर्न चाहने कलाकारलाई संस्थागत रुपमै संरक्षण गर्नुपर्छ भन्ने कुरा उनले धेरै पहिलेदेखि उठाउँदै आएका छन् । यसपल्ट लोक कलाकारहरुको प्रिय संगठनको केन्द्रीय सदस्य निर्वाचित भएर कलाकारको हकहितमा जुट्ने प्रण गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु