• वास्तविकता नबुझी विवादमा ल्याउन खोजियो : शिव

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७२, आईतवार

    काठमाडौं । गायक शिव परियारलाई यतिखेर विवादित बनाइएको छ । गायक परियारले लोकदोहोरीलाई व्यंग्य गरेको भन्दै उनलाई विवादमा तानिएको हो । नयाँ पत्रिका दैनिकमा उनले दिएको अन्तर्वार्तामा लेखिएको हेहेहे को प्रसंगलाई लिएर यतिखेर सामाजिक सञ्जालमा उनको नकारात्मक प्रचार गरिएको छ । लोकदोहोरीमा गाउनुभन्दा अगाडि प्रयोग हुने हे शब्दलाई मध्यनजर गर्दै त्यही भन्न खोजिएको हो भन्ने आरोप लगाउँदै विवादमा तानिएको हो ।
    गायक शिव परियारको हेहेहे भन्ने शब्दको बारेमा उनको पूरा स्टोरी अध्ययन गर्दा लोकदोहोरी उच्चारण भने कहिँ कतै भेटिँदैन । ०५८÷५९ सालतिर गायक रामकृष्ण ढकाल पनि आधुनिक गायन छाडेर पपतर्फ लम्किएको अवस्था र तत्कालिन समय नवीन के. भट्टराई लगायतका पप गायकहरुको हेहेहे र होइहोइ भनेर गाउने शैली नै चर्चामा रहेकोले उक्त प्रसंग निकालेको थिएँ त्यसैलाई विवादमा ल्याउन खोजियो, शिवले म्यूजिक खबरसँग भने । जतिबेला लोकदोहोरी त्यति ठूलो बजार बनिसकेको थिएन त्यो बेला पप गीतको बजार थियो । पप गीत गाउने गायकगायिकालाई आधुनिकले स्रष्टाले नटेर्ने भइरहेको बेलामा पपले बजार लिएको र म पनि आधुनिकतर्फ आइरहेको बेला हातमा लाग्यो शून्य भएको भयो । म पनि अब पपतर्फ लागूँ की भन्ने लागिरहेको थियो । तर मलाई पपतर्फ नलाग्ने धेरैको सुझाव आयो म दोधारमा नै परिरहेँ, उनको अन्तर्वार्तामा लेखिएको छ । रामकृष्ण ढकालका गीतहरु नै नचलेको बेला मेरो गायनले पनि सफलता नपाउने भएको कारण मैले पप गाउँ की आधुनिक कुन बाटो रोज्ने भन्ने द्विविधामा परिरहेको थिएँ अन्तर्वार्तामा उनले प्रष्ट पारेका छन् ।

    shiva pariyar1
    पपकै बजारको कुरा गरिरहेको बेला हेहेहे शब्दलाई लिएर मैले कुरा गर्दा लोकदोहोरीका केही व्यक्तिहरुले नकारात्मक बाटो रोजेर हिंडे, हे भन्ने शब्द लोकदोहोरीको पेवा पनि होइन । लोकदोहोरीका स्रष्टाहरुलाई हे शब्दप्रति किन यति धेरै आपत्ति हुन्छ मैले बुझ्न सकिनँ, गायक परियारले भने । म लोकगीतलाई माया गर्ने मान्छे हुँ, लोकगीतसँग परिचित छु, अहिलेका प्राय संगीतहरु पनि लोकवेशमा नै चर्चा कमाउन सफल भएका छन् भने मैले लोकगीतको उपेक्षा गर्नै सक्दिनँ परियारले भने नकारात्मक धारमा जानुभन्दा अगाडि मेरो अन्तर्वार्ताको पूर्ण पाठ पनि अध्ययन गरिदिनुहोला ।

    hehehe
    हे भन्ने शब्द लोकदोहोरीको गाउनुभन्दा पहिला आलापको रुपमा प्रयोग गरिएको छ तर त्यही शब्द आधुनिकमा पनि धेरै ठाउँमा प्रयोग भएको छ । हेहेहे भन्नेवित्तिकै लोकदोहोरी हो भनेर बुझ्नु भन्दा पहिला सकारात्मक बाटोबाट पूर्ण पाठ पढेर त्यसको वकालत गर्नु जायज हो उनले भने लोकगीतको उपेक्षा कतैबाट पनि हुने काम गरेको छैन । तर यसरी विवादमा किन तानिन्छ ? बैले बुझ्न सकेको छैन । मैले आधुनिक, क्लासिकल गाउँदा पनि कति हेहेहे भनेको छु अब लोकदोहोरीको चोरी भयो भन्न मिल्छ ? तत्कालिन समयमा चलेको पप गायनको बाढीप्रतिको कुरालाई मैले त्यसमा समावेश गर्न खोजेको मात्रै हुँ तर त्यसको नाजायज फाइदा उठाउने काम भएको छ । लोकदोहोरीका व्यक्तिहरुले यो बुझ्नु की हे भन्ने शब्द कसैको पेवा पनि होइन र यो प्रति आपत्ति गरेर टाउको नदुखाउनुस् । गल्ती मानवबाट धेरै भएको हुन्छ तर मैले पनि कहिँ कतै गल्ती गरेँकी भनेर आफूले दिएको अन्तर्वार्ता पढे, रेकर्ड सुनेँ तर मैले गल्ती बोलेको कहीँ भेटिनँ शिवले भने ।

    नयाँ पत्रिकाको अन्तर्वार्ताका लागि तलको लिंकमा क्लिक गर्नुहोला

    http://www.enayapatrika.com/2015/09/29747

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु